शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मोदी र पुटिनबीच अर्थपूर्ण टेलिफोन कुराकानी

मोदी र पुटिनबीच अर्थपूर्ण टेलिफोन कुराकानी

श्रावण २३, २०८२ शुक्रवार
श्रावण २३, २०८२ शुक्रवार
  • मोदी र पुटिनबीच अर्थपूर्ण टेलिफोन कुराकानी

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरेका छन् ।  अमेरिकासँगको कर विवादको बीचमा, मोदी र पुटिनको कुराकानीलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

    दुवैले कुराकानीमा भारत-रूस सम्बन्धलाई सुदृढ पार्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको बताएका छन् । मोदीले यस बारेमा जानकारी दिदै भनेका छन्- 'राष्ट्रपति पुटिनसँग मेरो धेरै राम्रो र विस्तृत कुराकानी भयो । मैले युक्रेनको अवस्थाको बारेमा जानकारी साझा गरेकोमा उहाँलाई धन्यवाद दिएँ । हामीले हाम्रो पारस्परिक सहयोग बढाउने र भारत-रूस रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने हाम्रो प्रतिबद्धता दोहोर्‍यायौं । म यस वर्षको अन्त्यमा राष्ट्रपति पुटिनको भारत भ्रमणको लागि स्वागत तत्पर छु ।'

    एक दिन अघि, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले बिहीबार आफ्नो मस्को भ्रमणको क्रममा क्रेमलिनमा पुटिनलाई भेटेका थिए । राष्ट्रपति पुटिन यस वर्षको अन्तिम हप्तामा भारत भ्रमणमा आउने रुसी समाचार एजेन्सी तासले जानकारी दिएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको भारतको सम्बन्धमा गरेको टिप्पणीका कारण यो भ्रमणलाई धेरै महत्त्वपूर्ण मानिएको छ । ट्रम्पले रुसबाट तेल किनेको कारण उल्लेख गर्दै भारतमा पहिले २५ प्रतिशत र त्यसपछि अर्को २५ प्रतिशत गरि कुल ५० प्रतिशत कर लगाए पछि भारत र अमेरिकाको सम्बन्धमा दरार आएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार