शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नारायणकाजी श्रेष्ठ र घनश्याम भूसालबीच एक घण्टा भेटवार्ता, के-के भयो कुराकानी?

नारायणकाजी श्रेष्ठ र घनश्याम भूसालबीच एक घण्टा भेटवार्ता, के-के भयो कुराकानी?

श्रावण २३, २०८२ शुक्रवार
श्रावण २३, २०८२ शुक्रवार
  • नारायणकाजी श्रेष्ठ र घनश्याम भूसालबीच एक घण्टा भेटवार्ता, के-के भयो कुराकानी?

    प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालबीच एक घण्टा लामो भेटवार्ता भएको छ। शुक्रबार श्रेष्ठ निवास हात्तीवनमा दुई नेताबीच भेटवार्ता भएको हो ।

    भेटवार्तामा समसामयिक राजनीतिक विषय र पार्टी एकताका विषयमा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ । भेटमा आन्दोलनको रुपान्तरण र पुनर्गठनका विषयमा विचार–विमर्श भएको छ ।

    यससँगै नेकपा (माओवादी केन्द्र) ले हालै पारित गरेको पार्टी एकताको प्रस्ताव र पार्टी एकताको औचित्य र सम्भावनाबारे पनि दुवै नेताबीच विस्तृत कुराकानी भएको निकट स्रोतले बताएको छ ।

    यसअघि हिजो उपाध्यक्ष श्रेष्ठ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच पनि भेटवार्ता भएको थियो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार