शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नीताको फिल्म ‘सुख दुःख’ मा खेल्दै बलिउड अभिनेता दीपराज

नीताको फिल्म ‘सुख दुःख’ मा खेल्दै बलिउड अभिनेता दीपराज

श्रावण २३, २०८२ शुक्रवार
श्रावण २३, २०८२ शुक्रवार
  • नीताको फिल्म ‘सुख दुःख’ मा खेल्दै बलिउड अभिनेता दीपराज

    सन् २००२ मा भारतीय फिल्म साथियामा सहायक अभिनेताका रूपमा आफूलाई स्थापित गरेका बलिउड अभिनेता दीपराज राणाले नेपाली फिल्म ‘सुख दुःख’ मा अभिनय गर्ने भएका छन् । उनलाई फिल्मका लागि यस फिल्मकी अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको टिमले अनुबन्ध गरेको हो ।

    सिंघम रिटन्र्स, प्रेम रतन धन पायो, दबंङ ३ लगायत पछिल्लो समय मेट्रो इन डिनो, बिल्ली उस्ताद, सितारे जमीं पर जस्ता फिल्ममा अभिनय गरेका दीपराजले नेपाली फिल्म कोहिनूरमा समेत अभिनय गरेका थिए । स्व. श्रीकृष्ण श्रेष्ठको फिल्ममा अभिनय गरेको लामो समयपछि उनी पुनः नेपाली फिल्ममा देखिन लागेका हुन् ।

    नीताको निर्देशनमा बन्ने फिल्म सुख दुःखको कथा मन परेको कारण आफू यस फिल्ममा काम गर्न इच्छुक भएको उनको भनाइ छ । निर्माण पक्षका अनुसार, फिल्मको कथा सुनेपछि दीपराज भावुक बनेका थिए । तर, उनको भूमिकाबारे निर्माण पक्षले खुलासा गरिसकेको छैन ।

    आगामी फागुनदेखि छायांकन सुरु गर्ने तयारीमा रहेको यस फिल्मका लागि निर्माण टिमले हालै विपना थापालाई पनि अनुबन्ध गरेको छ । यसअघि नीता र विपनाले फिल्म ह्रस्वदीर्घमा सहकार्य गरेका थिए । यो उनीहरूको दोस्रो सहकार्य हो । फिल्ममा दीपराज, विपना बाहेक मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठ अनुबन्ध भइसकेका छन् । अन्य कलाकारबारे भने निर्माण टिमले खुलासा गरेको छैन ।

    फिल्मको छायांकनका लागि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाललाई अनुबन्ध गरिएको छ । नीता फिल्म्सको ब्यानरमा बन्ने यो फिल्म आगामी वर्ष दसैंको फूलपातीबाट प्रदर्शनमा आउने तयारीमा छ । फिल्मको वितरण अधिकार उपत्यका बाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार