शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

थप कर लगाउने अमेरिकाको निर्णय दुर्भाग्यपूर्ण, राष्ट्रिय हितको रक्षा गर्न आवश्यक सबै कदम चाल्छौ: भारत

थप कर लगाउने अमेरिकाको निर्णय दुर्भाग्यपूर्ण, राष्ट्रिय हितको रक्षा गर्न आवश्यक सबै कदम चाल्छौ: भारत

श्रावण २१, २०८२ बुधवार
श्रावण २१, २०८२ बुधवार
  • थप कर लगाउने अमेरिकाको निर्णय दुर्भाग्यपूर्ण, राष्ट्रिय हितको रक्षा गर्न आवश्यक सबै कदम चाल्छौ: भारत

    भारतले अमेरिकाले भारतमाथि थप कर लगाउने निर्णय गर्नु दुर्भाग्यपूर्ण भएको बताएको छ ।

    भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै अमेरिकाले हालैका दिनहरूमा भारतको रूसबाट तेल आयातलाई लक्षित गरेको आरोप लगाउदै थप शुल्क लगाउने निर्णय गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ । विदेश मन्त्रालयले भारतले आफ्नो राष्ट्रिय हितको रक्षा गर्न आवश्यक सबै कदम चाल्ने स्पष्ट गरेको छ ।

    विदेश मन्त्रालयले भनेको छ- 'हामीले यी मुद्दाहरूमा हाम्रो अडान पहिले नै स्पष्ट गरिसकेका छौं, जसमा हाम्रो आयात बजार कारकहरूमा आधारित छ र भारतका १.४ अर्ब जनताको ऊर्जा सुरक्षा सुनिश्चित गर्ने समग्र उद्देश्यका साथ गरिएको छ भन्ने तथ्य पनि स्पष्ट रहेको छ । त्यसकारण, अमेरिकाले भारतमाथि थप शुल्क लगाउने निर्णय गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण छ । हामी दोहोर्याउँछौं यी कार्यहरू अनुचित, न्यायसंगत नभएको र अविवेकी छन् ।

    यसअघि ट्रम्पले बुधबार साँझ एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै भारत सरकारले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रूसबाट तेल आयात गरिरहेकोले थप २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । यसअघि, उनले जुलाई ३० मा भारतमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । अब अमेरिकाले भारतमाथि जम्मा ५० प्रतिशत कर लगाउने भएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार