शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

शेयर कारोबारी श्रीवास्तव ११ करोड ठगी गरेको आरोप पक्राउ

शेयर कारोबारी श्रीवास्तव ११ करोड ठगी गरेको आरोप पक्राउ

श्रावण २१, २०८२ बुधवार
श्रावण २१, २०८२ बुधवार
  • शेयर कारोबारी श्रीवास्तव ११ करोड ठगी गरेको आरोप पक्राउ

    शेयर कारोबारी सिप्रवी सेक्युरिटी (२२ नम्बर ब्रोकर) का महाप्रबन्धक जयन्त श्रीवास्तव पक्राउ परेका छन् । शेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवालकी श्रीमती मिता मुरारका अग्रवालले दिएको जाहेरीका आधारमा श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अग्रवालकी श्रीमती मिताले दिएको जाहेरी अनुसार श्रीवास्तवले ११ करोड ५५ लाख रूपैयाँ ठगी गरेको आरोप छ ।

    मिताले सिप्रवी सेक्युरिटिजका अध्यक्ष रविराज भट्टराई, महाप्रबन्धक जयन्त श्रीवास्तव, प्रबन्ध निर्देशक सतिष कुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपानेविरुद्ध प्रहरी वृत्त सिंहदरबारमा ठगीको आरोप लगाउँदै उजुरी दिएकी थिइन् ।

    उजुरीपछि प्रहरीले चारै जनालाई पक्राउ गर्न असार ९ गते पक्राउ पुर्जी जारी गरेको थियो । ब्रोकरसँगको कारोबार विवादकै कारण अग्रवाल यसअघि साढे ६ करोड रूपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका थिए । तर, उनी काठमाडौं जिल्ला अदालतको आदेशमा हाजिर जमानीमा रिहा भएका भइसकेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार