शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

न्यूजील्याण्डमा झोलामा बालिका बोकेकी महिला पक्राउ

न्यूजील्याण्डमा झोलामा बालिका बोकेकी महिला पक्राउ

श्रावण १९, २०८२ सोमवार
श्रावण १९, २०८२ सोमवार
  • न्यूजील्याण्डमा झोलामा बालिका बोकेकी महिला पक्राउ

    न्युजील्याण्डमा दुई वर्षीया बालिकालाई झोलामा लिएकी एक महिला पक्राउ परेकी छिन् । ती महिला झोलामा बालिका लिएर बसमा यात्रा गरिरहेकी थिइन्।

    प्रहरीका अनुसार, उत्तरी न्यूजिल्याण्डको सानो शहर काइवाकाको बस स्टपमा आइतबार यो घटना प्रकाशमा आएको हो । एक यात्रुले आफ्नो सामान निकाल्न आग्रह गर्दा चालकले झोला चलिरहेको देखे । चालकले झोला खोल्दा त्यसमा दुई वर्षीया बालिका फेला परेकी थिइन् ।

    यी २७ वर्षीया महिलालाई दुर्व्यवहार र बालिकाप्रति लापरवाहीको आरोपमा पक्राउ गरिएको छ । स्थानीय मिडियाले बालिकालाई करिब एक घण्टासम्म झोलामा थुनेर राखिएको बताएको छ । प्रहरीले अब बालिका सुरक्षित रहेको र उनको हेरचाह सुनिश्चित गर्न आवश्यक व्यवस्था गरिएको बताएको छ ।

    प्रहरीले बालिकाको शरीर धेरै तातो भएको, तर उनलाई अन्य कुनै शारीरिक चोटपटक नलागेको बताएको छ । भेटे लगत्तै बालिकालाई अस्पताल लगिएको थियो, जहाँ उनको उपचार र जाँच भइरहेको स्थानीय मिडियाले उल्लेख गरेका छन् । महिला र बालिका बीचको सम्बन्धको बारेमा जानकारी साझा गरिएको छैन ।

    प्रहरीले सोमबार महिलालाई नर्थ शोर जिल्ला अदालतमा पेश गरिएको बताएको छ । प्रहरीले बस चालकको प्रशंसा गर्दै चालकको सतर्कताको कदर गर्ने बताएको छ । चालकले तुरुन्तै कदम चालेर ठूलो दुर्घटना हुनबाट जोगिएको प्रहरीले बताएको छ ।

    रेडियो न्यूजील्याण्डले २७ वर्षीया ति महिलालाई नर्थ शोर जिल्ला अदालतमा पेश गरिएको बताएको छ । रिपोर्ट अनुसार, आरोपपत्रमा, प्रहरीले बालिकाले निसास्सिने, डिहाइड्रेसन, गर्मी र मानसिक आघात जस्ता समस्या भोगेको बताएको छ । अब फोरेन्सिक मनोविज्ञान टोलीले यस हप्ता अदालतमा उनको अर्को उपस्थिति हुनुभन्दा पहिले महिलालाई सोधपुछ गर्ने रिपोर्टमा उल्लेख छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार