शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गाजामा भोकमरीको समस्या चरम अवस्थामा

गाजामा भोकमरीको समस्या चरम अवस्थामा

श्रावण १०, २०८२ शनिवार
श्रावण १०, २०८२ शनिवार
  • गाजामा भोकमरीको समस्या चरम अवस्थामा

    गाजामा भोकमरीको समस्या चरम अवस्थामा पुगेको छ । 

    संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले गाजामा लगभग तीन मध्ये एक जना धेरै दिनदेखि खाना बिना बसेको बताएको छ । विश्व खाद्य कार्यक्रमले गाजामा कुपोषण बढ्दै गइरहेको छ र ९० हजार महिला र बालबालिकालाई तत्काल उपचारको आवश्यकता रहेको बताएको छ ।

    त्यस्तै यस हप्ता गाजामा भोकमरी अझ खराब हुँदै गइरहेको बताएको छ भने  गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, शुक्रबार कुपोषणका कारण थप नौ जनाको मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार, इजरायलसँगको युद्ध सुरु भएदेखि कुपोषणबाट मर्नेहरूको कुल संख्या १२२ पुगेको छ । गाजामा आउने र जाने सबै कुरा नियन्त्रण गर्ने इजरायलले यस क्षेत्रमा पुग्न कुनै पनि सहायता रोक्न नसकेको बताएको छ। इजरायलले गाजामा कुपोषणको लागि हमासलाई पनि दोष दिएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार