शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बलिवुड फिल्म 'सैयारा' ले पहिलो सातामा कति कमायो?

बलिवुड फिल्म 'सैयारा' ले पहिलो सातामा कति कमायो?

श्रावण ९, २०८२ शुक्रवार
श्रावण ९, २०८२ शुक्रवार
  • बलिवुड फिल्म 'सैयारा' ले पहिलो सातामा कति कमायो?

    बलिवुड फिल्म 'सैयारा' ले बम्पर कमाई गरिरहेको छ । अहान पाण्डेको डेब्यू फिल्म 'सैयारा' घरेलु बक्स अफिसमा कमाईको सुनामी ल्याएको विश्लेषण गरिएको छ ।

    फिल्मले रिलिजको पहिलो साताम १७५ करोड २५ लाख भारु कमाई गरेको छ । फिल्मले रिलिजको सातौं दिन विहिबार १९ करोड ५० लाख कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।  यस अघि फिल्मले पहिलो दिन २२ करोड, दोस्रो दिन २६.२५ करोड, तेस्रो दिन ३६.२५, चौथो दिन २४.२५ करोड, पाँचौं दिन २५ करोड र छैटौं दिन २२ करोड कमाई गरेको थियो । 

    योसँगै फिल्मले कैयौं रेकर्ड पनि तोडेको छ र फिल्म ठुलो कलेक्सनतर्फ अगाडी बढिरहेको छ । अहिले पनि मल्टीप्लेक्स र सिंगल स्क्रिन दुवैमा दर्शकको अपार भिड रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    यो अभिनेत्री अनित पड्डाको पहिलो फिल्म पनि हो ।आदित्य चोपडा र अक्षय विधानीद्वारा निर्मित यस फिल्मलाई मोहित सुरीले निर्देशन गरेका हुन् । यस फिल्मको पटकथा रोहन शंकर र संकल्प सदानाले लेखेका हुन् । दर्शकहरूले फिल्मको कथा धेरै मन पराएका छन् । 

    फिल्मको रिभ्यु पनि निकै राम्रो रहेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शले यस फिल्मलाई साढे ४ रेटिंग दिएका छन् । उनले बलिवुडको रोमान्सलाई फिर्ता ल्याएको टिप्पणी गरेका छन् । 

    यस फिल्मलाई यस अघिका फिल्म आशिकी र आशिकी-२ सँग तुलना गरिएको छ । यस अघि ‘आशिकी २’, ‘वो लम्हे’, ‘जेहर’ र ‘एक खलनायक’ जस्ता भावनात्मक प्रेमकथाहरू प्रस्तुत गरिसकेका फिल्म निर्माता मोहित सुरीले फेरि एकपटक यशराज फिल्म्ससँग मिलेर भावनात्मक प्रेम कथामा नयाँ फिल्म ल्याएका छन् । फिल्म करिब ६० करोडको बजेटमा बनेको बताइएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार