शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

फिल्म 'मितज्यू' मा सौगात मल्लको इन्ट्री

फिल्म 'मितज्यू' मा सौगात मल्लको इन्ट्री

श्रावण ९, २०८२ शुक्रवार
श्रावण ९, २०८२ शुक्रवार
  • फिल्म 'मितज्यू' मा सौगात मल्लको इन्ट्री

    अभिनेता सौगात मल्ल फिल्म 'मितज्यू' मा अनुबन्ध भएका छन् ।  अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको यस फिल्मको निर्माण टिमले मल्ललाई अनुबन्ध गरेको हो ।

    यस फिल्मका लागि यसअघि नै दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भएका छन् ।  फिल्मको कथा महेश राईको रहेको छ भने निर्माता जनक घर्ती मगरले निर्माण गर्दै छन् । निर्देशक अनिल बुढा मगर र निर्माता जनक घर्ती मगरको यो दोस्रो सहकार्य हो । दुवैले यसअघि फिल्म ‘घरज्वाइँ’ बनाएका थिए ।  

    फिल्मको सिनेमाटोग्राफी शिशिर बिशङ्खेले सम्हाल्नेछन्। ‘जि.एम. मुभिज प्रोडक्सन प्रालि’ को ब्यानरमा निर्माण हुने यो फिल्म मंसिर दोस्रो हप्तादेखि पोखरा आसपास र ढोरपाटन क्षेत्रमा छायांकन सुरु गर्ने निर्माण पक्षले जानकारी दिएको छ ।

    फिल्म यसै वर्षको चैत २७ गते प्रदर्शन आउन सक्ने बताइएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार