शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भारतलाई झट्का, ऋषभ पन्त इङल्याण्डविरुद्धको टेस्ट सिरिजबाट बाहिरिए

भारतलाई झट्का, ऋषभ पन्त इङल्याण्डविरुद्धको टेस्ट सिरिजबाट बाहिरिए

श्रावण ८, २०८२ बिहिवार
श्रावण ८, २०८२ बिहिवार
  • भारतलाई झट्का, ऋषभ पन्त इङल्याण्डविरुद्धको टेस्ट सिरिजबाट बाहिरिए

    भारतीय विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले इङल्याण्डविरुद्धको टेस्ट सिरिज गुमाउने भएका छन् ।

    जारी चौथो टेस्टको पहिलो दिन बुधबार ३७ रन बनाएर खेलिरहेका पन्तको खुट्टामा चोट लागेपछि रिटायर्ड भएका थिए । उनको चोट गम्भीर भएकोले कम्तिमा ६ साता खेलबाट बाहिर हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    पन्तले ओल्ड ट्राफोर्डमा जारी रहेको बाँकी टेस्ट र अर्को हप्तादेखि सुरु हुने इङ्गल्याण्ड विरुद्धको ओभलमा हुने अन्तिम टेस्ट गुमाउने निश्चित भएको छ । 

    अब चौथो टेस्टको बाँकी खेलमा पन्तको ठाउमा ध्रुब जुरेलले विकेट किपिङ गर्ने बताइएको छ । सिरिजमा २-१ ले पछि रहेको भारतका लागि पन्तको चोटले ठुलो झट्का लागेको छ । चौथो टेस्टको पहिलो दिन टस हारेर पहिला ब्याटिंग गरिरहेको भारतले ४ विकेट गुमाउदै २६४ रन बनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार