शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मुग्लिन–नारायणगढ सडकमा गुडिरहेको कारमा ढुंगा खसेर लाग्दा तीन जना घाइते

मुग्लिन–नारायणगढ सडकमा गुडिरहेको कारमा ढुंगा खसेर लाग्दा तीन जना घाइते

श्रावण ४, २०८२ आइतवार
श्रावण ४, २०८२ आइतवार
  • मुग्लिन–नारायणगढ सडकमा गुडिरहेको कारमा ढुंगा खसेर लाग्दा तीन जना घाइते

    मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिक भीरबाट खसेको ढुङ्गा गुडिरहेका कारमा बज्रिँदा तीन जना घाइते भएका छन् ।

    520560698_1313964780736957_7602853986150122957_n.jpg

    आइतबार दिउँसो माथिबाट खसेको ढुङ्गाले लागेर भारतीय नम्बर प्लेटको गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । उक्त सडक खण्डमा गुडिरहेको भारतीय कारमा एक्कासी ढुङ्गा खसेर लागेको थियो ।

    514351294_1313964947403607_2836705605848625373_n.jpg

    उक्त कारमा पाँच जना सवार थिए । त्यसमध्ये कारको पछाडि बसेका तीन जना गम्भीर घाइते भएका हुन् । उनीहरूलाई अहिले अस्पताल पठाइएको छ । दुर्घटना लगत्तै प्रहरी अहिले घटनास्थलतर्फ गइरहेको छ ।

    519216852_1313964847403617_2400468689057290770_n.jpg

    चितवन प्रहरीका अनुसार, घटनाबारे थप बुझ्ने क्रम जारी छ । तुइन खोला नजिक अहिले पनि सिमसिम पानी परिरहेको छ । उक्त क्षेत्र पहिरोको उच्च जोखिममा रहेकाले सतर्क रहन तथा सुरक्षित यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार