शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

साझेदारले धोका दिएको भन्दै विशाल भण्डारीले गुहारे प्रधानमन्त्री

साझेदारले धोका दिएको भन्दै विशाल भण्डारीले गुहारे प्रधानमन्त्री

श्रावण ४, २०८२ आइतवार
श्रावण ४, २०८२ आइतवार
  • साझेदारले धोका दिएको भन्दै विशाल भण्डारीले गुहारे प्रधानमन्त्री

    कमेडी च्याम्पियनका निर्माता तथा निर्देशन विशाल भण्डारीले आफूलाई साझेदारले धोका दिएको भन्दै प्रधानमन्त्री गुहारेका छन् । उनले आफूलाई एक साझेदारले सहमति विपरीत गएर रकम असुल गरेको साथै मानसिक तनाव समेत दिएको भन्दै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यायको गुहार लगाएका हुन् ।

    साझेदारले आफूलाई सिध्याउने नियतले अनेक कानूनी झमेलामा फसाएको साथै सहमति अगावै आफ्नो रकम लगेर पनि थप ९० लाख लिएर गएको र फिर्ता नगरेको उनको भनाइ छ । न्यायका लागि जाँदा प्रहरीले पनि आफूलाई साथ नदिएको उनले गुनासो गरेका हुन् ।

    भण्डारीका अनुसार १९ महिनाअघि ती गैरआवासीय नेपाली ३.५ करोड रुपैयाँ लगानी गरेर ३० प्रतिशत सेयर किन्ने सर्तमा निर्माता कम्पनी थ्री प्रोडक्सन प्रालिमा प्रवेश गरेका थिए । ‘कमेडी च्याम्पियन’ सिजन ३ चलाउन आवश्यक डेढकरोड तत्काल दिने र मुनाफाको हिसाब आएपछि थप गरेर ३.५ करोड पुर्‍याउन भद्र सहमति आफूहरूबीच भएको जनाउँदै विशालले आफूसँग २ करोड १५ लाखको सेक्युरिटी चेक लिएको उल्लेख गरेका छन् ।

    ती व्यक्तिले आफ्नो माथिल्लो तहमा पहुँच रहेको भन्दै दुःख दिने गरेको समेत उल्लेख गरेका छन् । ‘राज्य प्रशासनमा भएको ढोंगी पहुँचको दुरुपयोग गर्दै आफै सञ्चालक रहेको कम्पनीको चेक लगेर बैकिंङ कसुरमा मेराबिरूद्ध मुद्दा दायर गरेर मलाई दिनु दुःख दिए । दवावमा राखेर २ करोड ४० लाख असुले ।

    ’भण्डारीले सिजन–३ को विजेतालाई कार पुरस्कार दिन नसकेकोमा दुःख व्यक्त गरेका छन् । कमेडी च्याम्पियन सिजन–३ मा सुनील खड्का विजेता भएका थिए र कार जितेका थिए । सीजी मोटर्स अन्तरगतको नेटा भीको गाडी जिते पनि खडेकाले अहिलेसम्म नपाएका हुन् ।

    भण्डारी भन्छन्, ‘यसअघि बिजेतालाई महिना दिन नबित्दै गाडी उपहार दिने इतिहास थियो हाम्रो, तर यो पटक सिजन–३ को बिजेता कलाकार भाइलाई घोषित पुरस्कार दिन सकिएको छैन । कतिमय विभागको वेतन पनि बाँकी नै छ । समयमा पैसा दिन ठुलै कसरत गर्दा पनि नसकिने अवस्थामा उसले पुर्‍याएर छाडेको छ ।’

    हेर्नुस् भण्डारीको स्टाटस्:

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार