शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन

कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन

श्रावण २, २०८२ शुक्रवार
श्रावण २, २०८२ शुक्रवार
  • कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन

    कालीगण्डकी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–१ लामगरामा तटबन्ध निर्माण भएको छ ।

    सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालयले लामगरास्थित सेतोढुङ्गादेखि रत्नेचौर लिफ्ट खानेपानी योजनाको इनार हुँदै तलतर्फ कालीगण्डकी नदी किनारमा ७० लाख बजेटबाट १५० मिटर तटबन्धन गरेको हो ।

    उक्त कार्यालयका इञ्जिनियर नरजङ गुरुङका तटबन्धमा प्रयोग भएको ग्याबियन तारजालीलाई खिया लाग्नबाट बचाउनका लागि केही भागमा प्लास्टर गरेर ‘ज्याकेटिङ’ गरिएको छ ।

    तटबन्धन गरिएपछि लामगराका ५० परिवारले सुरक्षित महसुस गरेका छन् । लामगराको बस्ती, सयौं रोपनी खेतीयोग्य जमिन, लामगरा–मिलनचोक झोलुङ्गे पुल र रत्नेचौर लिफ्ट खानेपानी योजनाको ट्याङ्की संरक्षण गरेको उपभोक्ता समितिका अध्यक्ष कमल थापाले बताए । यो बस्ती सागसब्जीको पकेट क्षेत्र हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार