शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

ह्वाइट हाउसमा अज्ञात व्यक्तिले मोवाइल फालेपछि तनाव

ह्वाइट हाउसमा अज्ञात व्यक्तिले मोवाइल फालेपछि तनाव

आषाढ ३२, २०८२ बुधवार
आषाढ ३२, २०८२ बुधवार
  • ह्वाइट हाउसमा अज्ञात व्यक्तिले मोवाइल फालेपछि तनाव

    अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा सुरक्षा कमजोरी भएको विषय बाहिर आएको छ । मंगलबार अज्ञात व्यक्तिले ह्वाइट हाउसमा मोवाइल फोन फ्याँकेपछि बन्द गरिएको बताइएको छ ।

    ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले कसैले आफ्नो फोन बारमाथि फ्याँकेको बताएकी छन् । सो घटनापछि तुरुन्तै आवश्यक सुरक्षा उपायहरू अपनाउदै ह्वाइट हाउस बन्द गरिएको थियो ।

    सो घटना लगत्तै पत्रकारहरूलाई जेम्स ब्राडी ब्रीफिंग रुममा सारिएको थियो भने पेन्सिलभेनिया एभिन्यू अस्थायी रूपमा बन्द गरिएको थियो । 

    घटनाको समयमा राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा थिए र पेन्सिलभेनिया जाने तयारी गरिरहेका थिए । यद्यपि, यो घटनाले उनको कार्यक्रमलाई असर गरेन र उनी आफ्नो निर्धारित समयमा पेन्सिलभेनिया प्रस्थान गरेको बताइएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार