शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बलिवुडका निर्माता, निर्देशक तथा अभिनेता धीरज कुमारको निधन

बलिवुडका निर्माता, निर्देशक तथा अभिनेता धीरज कुमारको निधन

आषाढ ३१, २०८२ मंगलवार
आषाढ ३१, २०८२ मंगलवार
  • बलिवुडका निर्माता, निर्देशक तथा अभिनेता धीरज कुमारको निधन

    भारतीय सुपरहिट धारावाहिकका निर्माता तथा निर्देशक ८० वर्षीय अभिनेता धीरज कुमारको निधन भएको छ । उनले मुम्बईस्थित कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा अन्तिम सास फेरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    धीरज कुमारलाई निमोनियाका कारण शनिबार अस्पतालमा भर्ना गरिएको थियो र उनलाई गम्भीर अवस्थामा भेन्टिलेटरमा राखिएको थियो । धीरज कुमारले १९६० को दशकमा एक प्रसिद्ध पत्रिकाद्वारा आयोजित प्रतिभा खोज प्रतियोगितामा भाग लिएपछि अभिनयको दुनियाँमा प्रवेश गरेका थिए ।

    उनले ‘उधर का सिन्दूर’, ‘सरगम’, ‘रोटी कपडा और मकान’, ‘स्वामी’, ‘रातों का राजा’, ‘हीरा पन्ना’, ‘क्रांति’, ‘माङ भरो सजना’, ‘पुराण मन्दिर’, ‘कर्म युद्ध’, ‘बहुरूप’ जस्ता धेरै फिल्ममा काम गरेका थिए ।

    हिन्दी फिल्ममा काम गर्नुअघि धीरज कुमारले २० भन्दा बढी पञ्जाबी फिल्ममा काम गरिसकेका थिए । १९८६ मा धीरज कुमारले आफ्नो उत्पादन कम्पनी 'क्रिएटिभ आई' स्थापना गरे । यस कम्पनी मार्फत धेरै चलचित्रका अलावा लोकप्रिय पौराणिक धारावाहिकहरू बनाएका थिए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार