शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बंगलादेशको 'आँप कूटनीति': मोदीलाई पठायो तीन हजार किलो आप

बंगलादेशको 'आँप कूटनीति': मोदीलाई पठायो तीन हजार किलो आप

आषाढ ३०, २०८२ सोमवार
आषाढ ३०, २०८२ सोमवार
  • बंगलादेशको 'आँप कूटनीति': मोदीलाई पठायो तीन हजार किलो आप

    बंगलादेशको अन्तरिम सरकारका प्रमुख प्रोफेसर मुहम्मद युनुसले भारतलाई एक हजार किलो 'हरिभंगा' प्रजातिको आँप पठाएका छन् । यी आँपहरू प्रधानमन्त्री मोदी, भारतीय कूटनीतिज्ञ र अन्य अधिकारीहरूलाई उपहार दिइनेछ ।

    भारतसँग सम्बन्ध सुधार गर्ने प्रयासमा बंगलादेशको यो पहललाई 'आँप कूटनीति' भनिएको छ । यस अन्तर्गत, अन्तरिम सरकारले केन्द्र सरकारलाई मात्र नभई पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जी र त्रिपुराका मुख्यमन्त्री माणिक साहालाई पनि हरिभंगा आँप पठाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    यी आँपहरू ६० वटा बक्समा प्याक गरेर अखौरा भूमि बन्दरगाहबाट पठाइएको बताइएको छ । 'हरिभंगा' बंगलादेशमा एक प्रिमियम आँप मानिन्छ । यसको गुणस्तर धेरै राम्रो मानिन्छ। यो भारतमा धेरै मन पराइन्छ ।

    बंगलादेशी पत्रिका डेली सनको रिपोर्ट अनुसार, बंगलादेशले यी आँपहरू सद्भावनाको प्रतीकको रूपमा पठाइएको बताइएको छ ।

    बंगलादेशबाट भारतमा आँप पठाउने यो परम्परा नयाँ होइन। पहिलेका सरकारहरूले पनि भारतमा आँप पठाउँदै आएका थिए । यस पटक यो कदमलाई विशेष मानिएको छ किनभने गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा ठूलो प्रदर्शन पछि प्रधानमन्त्री शेख हसिनाले सत्ता छोड्नु परेको थियो ।

    उनलाई हटाइएपछि भारत र बंगलादेशको सम्बन्धमा केही दूरी आएको थियो, किनभने हसिनालाई भारतको नजिक मानिन्थ्यो। यस्तो अवस्थामा यो परम्परालाई निरन्तरता दिइने वा बन्द हुने भन्ने प्रश्न उठिरहेको थियो ।

    आँप कूटनीति भनेको राजनीतिक वा कूटनीतिक सम्बन्ध बलियो बनाउन आँप जस्ता फलफूललाई 'उपहार' को रूपमा प्रयोग गर्नु हो । यसलाई 'सफ्ट पावर कूटनीति' को एक हिस्सा मानिन्छ ।

    यो पहल बंगलादेश-भारत सम्बन्धमा न्यानोपन ल्याउने उद्देश्यले शुरु गरको  थियो । भारत बाहेक बंगलादेशले श्रीलंका, नेपाल, बेलायत, साउदी अरेबिया, कतार, कुवेत, युएई, इटाली, जर्मनी, फ्रान्स, स्वीडेन, क्यानडा, फिलिपिन्स, स्विजरल्याण्डमा पनि आँप पठाउने गरको छ ।

    बंगलादेशले २०२१ मा विश्वभर १,६३२ टन आँप पठाएको थियो । प्रमुख प्रजातिहरूमा हरिभंगा, लाङ्ग्रा, हिमसागर, फाजली र आम्रपाली समावेश थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार