शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

स्वदेश फर्कियो च्याम्पियन यू-१६ राष्ट्रिय क्रिकेट टिम

स्वदेश फर्कियो च्याम्पियन यू-१६ राष्ट्रिय क्रिकेट टिम

आषाढ २३, २०८२ सोमवार
आषाढ २३, २०८२ सोमवार
  • स्वदेश फर्कियो च्याम्पियन यू-१६ राष्ट्रिय क्रिकेट टिम

    एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको उपाधि जितेको नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ ।

    गएराती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको यू-१६ राष्ट्रिय टिमलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का लगायत क्यानका पदाधिकारीले स्वागत गरेका थिए । 

    फाइनल खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको उपाधि जितेको थियो ।  नेपालले लगातार दोस्रो पटक एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको उपाधि जितेको छ । 

    विपिन प्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय यू-१६ टिम मलेसियामा यो प्रतियोगिता खेलेको थियो । नेपाली टिममा विपिन प्रसाद शर्मा (कप्तान), सुर्यान्शु कोइराला (उपकप्तान), शिवांश बजगाई (विकेट किपर), परिमार्जन यादव (विकेटकिपर), रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन शाही रहेका थिए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार