शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

श्रावण २६, २०८२ सोमवार
श्रावण २६, २०८२ सोमवार
  • जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

    जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

    भेरी नगरपालिका–१, कोल्चौरनजिकै कल्ले खोलामा गए राति १ बजे भएको एम्बुलेन्स दुर्घटनामा चालक भेरी नगरपालिका–१, डौँरीकाँडाका २७ वर्षीय सुनील चदराको मृत्यु भएको हो ।

    भेरी नगरपालिका–१, रावत गाउँदेखि मैदेमा बिरामी लिन जाँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए । उनका अनुसार, उकालो जाने क्रममा भित्तामा ठोक्किएर एम्बुलेन्स करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो ।

    राति १ बजे दुर्घटना भए पनि स्थानीयले आज बिहान घाँस काट्न जाने क्रममा थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार