शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

६० दिने युद्धविराम प्रस्तावमा वार्ता गर्न हमास तयार

६० दिने युद्धविराम प्रस्तावमा वार्ता गर्न हमास तयार

आषाढ २१, २०८२ शनिवार
आषाढ २१, २०८२ शनिवार
  • ६० दिने युद्धविराम प्रस्तावमा वार्ता गर्न हमास तयार

    प्यालेस्टिनी लडाकू संगठन हमासले इजरायलसँग ६० दिने युद्धविराम प्रस्तावमा तुरुन्तै वार्ता गर्न तयार रहेको बताएको छ । यो प्रस्ताव कतारले दिएको हो ।

    इजरायलले बुधबार नै यो युद्धविराम प्रस्तावलाई अनुमोदन गरेको छ। यद्यपि दुवै पक्ष पहिले धेरै पटक सम्झौताको नजिक पुगेका थिए, तर अन्तिम समयमा साना कुराहरूमा सम्झौता तोडिएको थियो ।

    यसअघि ट्रम्पले हमासलाई चेतावनी दिँदै यो सम्झौता स्वीकार गर्ने र नगरेमा उनीहरूको लागि अवस्था झनै खराब हुने बताएका थिए ।

    यस युद्धविराम प्रस्तावका मुख्य बुँदाहरूमा १० जीवित इजरायली बन्धकहरूलाई रिहा गरिने, १८ जना मृत इजरायली बन्धकहरूको शव पनि फिर्ता गरिने र ६० दिनको युद्धविराम हुने, जसको अवधिमा युद्ध स्थायी रूपमा अन्त्य गर्ने बारेमा वार्ता गरिने उल्लेख छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार