शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापकको घटनास्थलमै मृत्यु

मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापकको घटनास्थलमै मृत्यु

आषाढ २०, २०८२ शुक्रवार
आषाढ २०, २०८२ शुक्रवार
  • मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापकको घटनास्थलमै मृत्यु

    हेटौंडाको राप्ती रोडमा गए राति राति साढे ११ बजे मोटरसाइकल दुर्घटना हुँदा कालिका मावि राक्सिराङका प्रधानाध्यापकको मृत्यु भएको छ ।

    पूर्व–पश्चिम लोकमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१० राप्ती रोडमा भएको मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापक दिपेन्द्रकुमार झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    हेटौंडाको बुद्धचोकबाट थानाभर्याङतर्फ जाँदै गरेको ना ४३ प ४५१५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा झाको घटनास्थलमै मृत्यु भएको हो । राप्ती रोडमा ह्युमपाइप राख्न सडक खनिएको थियो ।

    सोही खनिएको स्थानमै मोटरसाइकल दुर्घटना भई प्रधानाध्यापक झाको ज्यान गएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । धनुषाको जनकपुर–४ घर भएका ४५ वर्षीय झा १५ वर्षदेखि उक्त विद्यालयमा प्रधानाध्यापक पदमा कार्यरत रहेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार