केदार घिमिरेको मुख्य भूमिका रहेको ‘माग्ने राजा’को टिजर सार्वजनिक गरिएको छ ।
टिजर हेर्दा फिल्म कमेडीले भरिपूर्ण रहेको बुझ्न सकिन्छ । फिल्ममा विल्सन विक्रम राई केदार घिमिरेको भान्जा बनेका छन् भने टिजरमा वर्षा सिवाकोटी र शिशिर वाङदेललाई पनि देखाइएको छ ।
फिल्म ‘माग्ने राजा’ मा केदार घिमिरे पहिलो पटक मुख्य भूमिकामा देखिन लागेका हुन् । आरम्भ प्रडक्सनको ब्यानरमा मुनाल घिमिरेको प्रस्तुतकर्ता र मधुसुदन शर्मा निर्माता रहेको सिनेमालाई ऋषि लामिछानेले निर्देशन गरेका छन् ।
सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको लेखन, सुजिल कर्माचार्यको पार्श्व संगीत र मित्र गुरुङको सम्पादन रहेको छ। सिनेमाको टिजर साहिल खानले तयार गरेका हुन् । यो फिल्मलाई भदौ ६ गते नेपालसहित विश्वभर प्रदर्शन गर्ने तयारी गरिएको छ ।