शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रिलायन्स इन्डस्ट्रिजको नयाँ कार्यकारी निर्देशक अनन्त अम्बानी, तलब २० करोड !

रिलायन्स इन्डस्ट्रिजको नयाँ कार्यकारी निर्देशक अनन्त अम्बानी, तलब २० करोड !

आषाढ १६, २०८२ सोमवार
आषाढ १६, २०८२ सोमवार
  • रिलायन्स इन्डस्ट्रिजको नयाँ कार्यकारी निर्देशक अनन्त अम्बानी, तलब २० करोड !

    भारतको रिलायन्स इन्डस्ट्रिजका नयाँ कार्यकारी निर्देशक अनन्त अम्बानीले हरेक वर्ष १० देखि २० करोड भारु तलब पाउने भएका छन् ।

    भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार, तलबसँगै उनले कम्पनीको नाफामा कमिशन र अन्य धेरै सुविधाहरू पनि पाउनेछन् । रिलायन्स इन्डस्ट्रिज लिमिटेडले स्टक एक्सचेन्जमा यस बारेमा जानकारी दिएपछि यो सूचना बाहिर आएको हो । 

    रिलायन्स इन्डस्ट्रिज लिमिटेडले हालै अनन्त अम्बानीलाई कम्पनीको कार्यकारी निर्देशकको रूपमा नियुक्त गरेको थियो । अनन्तले मे १ देखि ५ वर्षको लागि यो पद सम्हाल्नेछन् । उनी २०२३ देखि कम्पनीमा गैर-कार्यकारी निर्देशक थिए ।

    अनन्तलाई अगस्ट २०२२ मा कम्पनीको ऊर्जा क्षेत्रको कमान्ड दिइएको थियो । यसबाहेक, अनन्त मार्च २०२० देखि जियो प्लेटफर्म लिमिटेड, मे २०२२ देखि रिलायन्स रिटेल भेन्चर्स लिमिटेड र जुन २०२१ देखि रिलायन्स न्यू इनर्जी लिमिटेडका साथै रिलायन्स न्यू सोलार इनर्जी लिमिटेडका बोर्ड सदस्य रहेका छन् । उनी सेप्टेम्बर २०२२ देखि रिलायन्सको परोपकारी शाखा - रिलायन्स फाउन्डेसनको बोर्डमा पनि छन् ।

    बढ्दो उमेरसँगै, मुकेश अम्बानी विगत धेरै वर्षदेखि आफ्नो व्यवसाय साम्राज्य अर्को पुस्तालाई हस्तान्तरण गरिरहेका छन् । २८ डिसेम्बर २०२३ मा, उनका बुबा धीरुभाईको जन्मदिनमा, मुकेश अम्बानीले भनेका थिए- रिलायन्सको भविष्य आकाश, ईशा, अनन्त र उनीहरूको पुस्ताको हो । मलाई कुनै शंका छैन, उनीहरूले जीवनमा धेरै कुरा हासिल गर्नेछन् र मेरो पुस्ताका मानिसहरूले भन्दा रिलायन्सलाई धेरै उपलब्धिहरू ल्याउनेछन् ।'

    आकाश अम्बानीले २०१४ मा ब्राउन विश्वविद्यालयबाट अर्थशास्त्रको डिग्री लिए । त्यसपछि उनी पारिवारिक व्यवसायमा सामेल भए । अक्टोबर २०१४ मा, उनी रिलायन्स जियो इन्फोकम लिमिटेडको बोर्डमा सामेल भए र उनी जुन २०२२ देखि रिलायन्स जियो इन्फोकमको अध्यक्ष छन् । आकाश अम्बानी रिलायन्स इन्डस्ट्रीज र रिलायन्स रिटेल भेन्चर्स लिमिटेडको डिजिटल सेवा व्यवसाय, जियो प्लेटफर्म लिमिटेडको बोर्डमा पनि छन् । त्यस्तै उनले आइपिएलको क्रिकेट फ्रेन्चाइजी मुम्बई इण्डियन्ससहित स्पोर्ट्स टिम पनि हेर्ने गर्दछन्  । आकाशले २०१९ मा श्लोका मेहतासँग विवाह गरे । उनीहरूका दुई सन्तान छोरा पृथ्वी र छोरी वेद छन् ।

    मुकेश अम्बानीकी छोरी ईशा अम्बानीले येल र स्ट्यानफोर्डबाट अध्ययन गरेकीछन् । २०१५ मा पारिवारिक व्यवसायमा सामेल भइन् । रिलायन्स रिटेल भेन्चर्स, जियो इन्फोकम, जियो फाइनान्सियल सर्भिसेजको बोर्डमा सामेल भएकी इशाले डिसेम्बर २०१८ मा व्यापारी अजय पिरामलका छोरा आनन्द पिरामलसँग विवाह गरिन् ।

    ईशा अम्बानीले रिलायन्स रिटेलको विस्तारलाई अगाडि बढाएकी छिन् । उनले रिलायन्स रिटेलको लागि ई-कमर्स व्यवसाय अजियो र अनलाइन ब्यूटी प्लेटफर्म टिरा जस्ता नयाँ ढाँचाहरू सुरु गरेकी छिन् । रिलायन्स रिटेलको खाना, उपभोक्ता इलेक्ट्रोनिक्स र फेसन रिटेलमा उपस्थिति छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार