शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

युद्धमा मारिएका ६० इरानी सैनिक अधिकारी र वैज्ञानिकहरूको अन्तिम संस्कार

युद्धमा मारिएका ६० इरानी सैनिक अधिकारी र वैज्ञानिकहरूको अन्तिम संस्कार

आषाढ १४, २०८२ शनिवार
आषाढ १४, २०८२ शनिवार
  • युद्धमा मारिएका ६० इरानी सैनिक अधिकारी र वैज्ञानिकहरूको अन्तिम संस्कार

    इजरायलसँगको १२ दिने युद्धमा मारिएका ६० इरानी अधिकारीहरूको अन्तिम संस्कार शनिबार गरिएको छ ।  यसमा ३० सैन्य कमाण्डर र ११ आणविक वैज्ञानिकहरू सामेल छन् । उनीहरूको अन्त्येष्टिको लागि हजारौं मानिसहरू तेहरानमा भेला भएका थिए ।

    इरानका सर्वोच्च सैन्य अधिकारी मोहम्मद बघेरीको पनि अन्तिम संस्कार गरिएको छ । उनी इरानको सशस्त्र सेनाका प्रमुख थिए । अधिकारीहरूको शवलाई सवारी साधनहरूमा इरानी झण्डाले बेरिएको कफिनमा राखिएको थियो । अधिकारीहरूको तस्बिर पनि कफिनसँगै राखिएको थियो ।

    इरानका विदेशमन्त्री अब्बास अराक्ची, संसदका सभामुख मोहम्मद बाकर कालिबाफ, न्यायपालिका प्रमुख मोहसेनी-एजेई, आईआरजीसी कुड्स फोर्स कमाण्डर इस्माइल कानी र अन्य धेरै ठूला नेताहरू र सैन्य अधिकारीहरू पनि अन्त्येष्टिमा पुगेको इरानी मिडियाले उल्लेख गरेका छन् ।

    इरान र इजरायलबीच जुन १२ मा युद्ध सुरु भएको थियो । अमेरिकाले जुन २२ मा इरानको आणविक अड्डाहरूमा आक्रमण गर्‍यो र त्यसको दुई दिन पछि, जुन २४ मा, इरान र इजरायलबीच युद्धविराम भएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार