शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

जनकपुरधाममा निकालियो ऐतिहासिक जगन्नाथ रथ यात्रा

जनकपुरधाममा निकालियो ऐतिहासिक जगन्नाथ रथ यात्रा

आषाढ १३, २०८२ शुक्रवार
आषाढ १३, २०८२ शुक्रवार
  • जनकपुरधाममा निकालियो ऐतिहासिक जगन्नाथ रथ यात्रा

    जनकपुरधाममा जगन्नाथ रथ यात्रा निकालिएको छ । शुक्रबार (आज) जानकी मन्दिरको प्रांङ्गनबाट निकालिएको जगन्नाथ रथ यात्रा जनकपुरधामको विभिन्न मुख्य चोकहरुको परिक्रमा गरी पुनः जानकी मन्दिर परिसरमा पुगेको छ ।

    Photo (5) (1).jpg

    स्कन्द पुराणमा उल्लेख भएअनुसार एकदिन भगवान जगन्नाथ (कृष्णं)सँग बहिनी सुभद्राले नगर अवलोकनका साथै द्वारका दर्शन गराउन आग्रह गरिन् । बहिनीको आग्रहअनुसार कृष्णले दाजु बलदेव (बलराम) लाई पनि साथमा लिएर नगर यात्रामा निस्किए । त्यही यात्राको सम्झनामा जगन्नाथ रथ यात्रा मनाउँदै आएको पाइन्छ ।

    Photo (23).jpg

    जनकपुरधामको जानकी मन्दिरसहित विभिन्न धार्मिक संघ संस्था र जनकपुरवासीको  संयुक्त आयोजनामा रथ यात्रा निकालिएको जनकपुरधामका हिन्दू समाजका युवा समराज नेपालीले जानकारी दिए ।

    Photo (8).jpg

    उनले कोनोरा महामारीको समयदेखि यो यात्रा प्रभावित भएपनि अब पुन यस वर्षदेखि निरन्तर हुने जानकारी दिए । रथ यात्रामा हजारों श्रद्र्धालुभक्तजनको उपस्थिती रहेको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार