शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भारत र चीनका रक्षामन्त्रीबीच भेटवार्ता

भारत र चीनका रक्षामन्त्रीबीच भेटवार्ता

आषाढ १३, २०८२ शुक्रवार
आषाढ १३, २०८२ शुक्रवार
  • भारत र चीनका रक्षामन्त्रीबीच भेटवार्ता

    भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनका रक्षामन्त्री एडमिरल डोङ जुनलाई छिङदाओमा भेटेवार्ता गरेका छन् । भेटमा सिंहले चिनियाँ रक्षामन्त्री जुनसँग द्विपक्षीय सम्बन्धसँग सम्बन्धित मुद्दाहरूमा छलफल गरेको बताएका छन् । उनले भनेका छन्- 'मैले लगभग छ वर्षपछि कैलाश मानसरोवर यात्रा पुनः सुरु भएकोमा खुशी व्यक्त गरें ।'

    उनले सकारात्मक गति कायम राख्नु दुवै पक्ष (भारत र चीन) को जिम्मेवारी भएको उल्लेख गरेका छन् । सिंहले चिनियाँ रक्षामन्त्रीलाई त्यस्तो समयमा भेटेका छन्, जब उनले चीनको छिङदाओमा आयोजित सांघाई सहयोग संगठनको बैठकको संयुक्त वक्तव्यमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।

    यसअघि, यस विषयमा जानकारी दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भनेका थिए, 'हामीलाई आतंकवादको बारेमा केही चिन्ता थियो र हामी त्यो दस्तावेजमा जान चाहन्थ्यौं । तर एउटा देशको यसमा आपत्ति थियो । जसका कारण वक्तव्यलाई अन्तिम रूप दिइएको थिएन ।'

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार