शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

बेजोस र सान्चेजको विवाह भेनिसमा शुरु, तीन दिनसम्म चल्ने

बेजोस र सान्चेजको विवाह भेनिसमा शुरु, तीन दिनसम्म चल्ने

आषाढ १३, २०८२ शुक्रवार
आषाढ १३, २०८२ शुक्रवार
  • बेजोस र सान्चेजको विवाह भेनिसमा शुरु, तीन दिनसम्म चल्ने

    अमेजनका संस्थापक जेफ बेजोसले लरेन सान्चेजसँग विवाह गर्न इटालीको सुन्दर शहर भेनिस रोजेका छन् । यो विवाहलाई 'शताब्दीको सबैभन्दा ठूलो विवाह' भनिएको छ । भेनिसमा यो तीन दिने भव्य समारोह बिहीबारदेखि सुरु भएको छ, जहाँ कडा सुरक्षा व्यवस्था गरिएको छ ।

    विवाहमा भाग लिन विश्वभरबाट लगभग २०० देखि २५० उच्च-प्रोफाइल पाहुनाहरू आइपुगेका छन् । यसमा बिल गेट्स, ओप्रा विन्फ्रे, ओर्लान्डो ब्लूम, जोर्डनकी रानी, ​​क्रिस जेनर, किम कार्दशियन जस्ता उच्च प्रोफाइलका नामहरू रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का र ज्वाइँ जारेड कुशनर पहिले नै भेनिस पुगेका छन् । ६१ बर्षिय बेजोस र ५५ बर्षिय सान्चेजको यो विवाहको उत्सव तीन दिनसम्म चल्ने बताइएको छ ।

    यस विलासी समारोहलाई लिएर केहि स्थानीय र वातावरणीय कार्यकर्ताहरू आक्रोशित बनेका छन् । उनीहरुले यस विवाहको विरोधमा प्रदर्शन गर्दै यसलाई 'धनीहरूलाई भेनिस बेच्ने' उदाहरण दिएका छन् । 

    विवाहको पहिलो कार्यक्रम बिहीबार साँझ भेनिसको ऐतिहासिक म्याडोना डेल'ओर्टो चर्चमा आयोजना गरिएको थियो । यो चर्च १६औं शताब्दीका प्रसिद्ध चित्रहरूका लागि परिचित छ । सुरक्षा कारणले गर्दा स्थानीय प्रशासनले बेलुका ४:३० बजेदेखि मध्यरातसम्म यस क्षेत्रमा मानिसहरू र डुङ्गाहरूको आवागमनमा प्रतिबन्ध लगाएको थियो ।

    बेजोस र सान्चेज बुधबार हेलिकप्टरबाट भेनिस आइपुगे र ग्रान्ड नहरको किनारमा रहेको विलासी 'अमन' होटलमा बसेका थिए । यहाँ एउटा कोठाको भाडा लगभग ४ हजार युरो अर्थात ६ लाख ४२ हजार प्रतिदिन रहेको छ ।

    मुख्य विवाह कार्यक्रम शुक्रबार सेन्ट मार्क्स स्क्वायरको अगाडि रहेको सान जियोर्जियो टापुमा आयोजना हुनेछ । यद्यपि, यसलाई केवल प्रतीकात्मक विवाहको रूपमा वर्णन गरिएको छ ।

    भेनिस भिआइपी विवाहहरूको लागि प्रसिद्ध रहेको छ र यसको लामो इतिहास छ । २०१४ मा, हलिउड अभिनेता जर्ज क्लुनी र मानव अधिकार वकिल अमल अलामुद्दीनले पनि यहाँ विवाह गरेका थिए ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार