शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

आषाढ १३, २०८२ शुक्रवार
आषाढ १३, २०८२ शुक्रवार
  • दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    कलाकार दीपक राज गिरीले गायिकाद्वय समिक्षा अधिकारी र एलिना चौहानले सामाजिक सञ्जालमा आफूविरुद्ध नराम्रो कमेन्ट गर्नेलाई सामाजिक सञ्जालमै उदांगो पार्ने अभियान चलाएकोमा प्रसंशा गरेका छन् । 

    गिरीले आफूमाथि खनिने सामाजिक सञ्जालका फूर्सदिला गाली सम्राटहरूलाई सामाजिक सञ्जालमै उनीहरूका हर्कत उदांगो पार्ने अभियान प्रशंसनीय रहेको बताएका छन् ।

    साथै गिरीले सामाजिक सञ्जालअरुलाई नैतिकता सिकाउने, गालीगलौज गर्ने, अभद्रता देखाउने, अरुको चरित्रमाथि औला ठड्याउने थलो बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

    उनले भनेका छन्-  यी दुइटै गायिका मलाइ मन पर्ने गायिका हुन् ! त्यो मध्य पनि समिक्षाको त म गायकी को मात्रै होइन सूरूदेखि उनको साहसको पनि प्रसंसक हूँ ! सानो उमेरमा नै उनीमाथि जुन बज्रपात पर्यो त्यो ठॉउमा जो कोही भएपनि टिक्न सक्दैनथ्यो होला तर उले परिस्थिति संग घूंडा टेकिनन र लड्दै आइन, त्यस्कै फलस्वरूप आज यॉहा पुगिन् !
    सामाजिक संजाल कस्तो छ ? 

    आफूले समाजको लागि, परिवारको लागि राष्ट्रको लागि दुइ कौडिको काम नगर्ने, तर जो काम गर्नेहरू छन् तिनिहरूलाइ नैतिकता सिकाउने, गालि गलौच गर्ने , त यस्तो, त उस्तो भनेर अभद्रता देखाउने , चरित्र माथि औला उठाउने ! यस्तै चलिआएको छ … पैसा कमाएकाहरू सबै भ्रष्टाचारी, नाम कमाएका कलाकार ,पेशाकर्मी सबै नैतिकताहिन, चरित्र खराव, देशमा सबै अज्ञानि आफू मात्रै साधु सन्त ज्ञानि... आफूले समाज र राष्ट्रको लागि सिन्को नभॉच्ने  देशै खतम, नेतै खतम,केहि गर्न सकिन्न यॉहा भन्ने ! जतिबेला फ्रष्टेटेड कुरा गर्ने, अनि गॉउ देखि आएर संघर्ष गरेर, भोकभोकै बसेर हिम्मत नहारेर आफूलाई स्थापित गरेकाहरूलाई चाहि गाली गलौच  गर्यो अनेकथरि लान्छना लगायो बस्यो !

    यो ठॉउमा जस्ले जति गालि गर्न सक्यो त्यो हिरो चूपचाप आफ्नो काम गरेर खाने पात्रहरू चाहि खलनायक ? ब्यक्तिगत जीवनमा कस्को तलमाथि हुन्न ? को चाहन्छ खराब होस, तर भैदिन सक्छ कहिलेकाहि ! को छ यहॉ कमजोरी बिहिन मान्छे ?  एउटै पेशामा भएका प्रतिष्पर्धीहरूकै संग्लग्नतामा पनि यस्ता गालि किन्ने र बेच्ने काम भैरहेको अबस्था छ ! आफ्ना प्रतिष्पर्धीलाई कामले जित्न सकिन्न गालि गरेर भएपनि हतोत्साहित बनाउनुपर्छ भन्ने छ ! 

    यस्ता उत्श्रृखलता बिरूद्द साइवरमा गयो कानून नै कमजोर, ठूला नेतालाइ गालि गर्यो भने समातेर तु कारबाही सूरू गरिहाल्ने तर अन्य मानिसहरूलाई गरिएको गालि गलौचको त रिपोर्ट भए पनि कस्ले सुन्ने ? सुने पनि बर्षौ लाग्ने, त्यसकै पछि लागिरहने फूर्सद कॉहा पाउनु फेरी ?

    यस्तो जटिल परिस्थितिमा, आफू माथि खनिने त्यस्ता सामाजिक संजालका फूर्सदिला गालि सम्राटहरूलाई तिमिहरूले सामाजिक संजालमै उनीहरूका हर्कत उदॉगो पार्ने जुन अभियान चलायौ, त्यो एकदमै प्रशंसनीए छ ! दूबै जनालाई शुभकामना ! 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार