शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

टिकटकर बस्नेतलाई थप तीन दिन थुनामा राख्न आदेश

टिकटकर बस्नेतलाई थप तीन दिन थुनामा राख्न आदेश

आषाढ ४, २०८२ बुधवार
आषाढ ४, २०८२ बुधवार
  • टिकटकर बस्नेतलाई थप तीन दिन थुनामा राख्न आदेश

    दुर्भावना फैलाएको आरोपमा पक्राउ गरिएकी टिकटकर रमा बस्नेतलाई जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थपेको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी ठेगाना भई हाल भक्तपुरमा बसोबास गर्ने ३१ वर्षकी बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो

    सोमबार पक्राउ परेकी उनलाई अझै तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला आदलत काठमाडौँले प्रहरीलाई अनुमति दिएको हो । प्रहरी वृत्त दरबारमार्गको हिरासतमा रहेकी ३१ वर्षीय बस्नेतमाथि सामाजिक सञ्जालको दूरुपयोग गरी जातीय एवम् साम्प्रदायिक भावनामा खलल पुर्‍याएको अभियोगमा अनुसन्धान भैरहेको छ ।

    सोमबार पक्राउ परेकै दिन अदालतबाट ३ दिनको म्याद लिई अनुसन्धान थालेकोमा आज पुन: म्याद थप गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ । बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा मुद्दा चलाउने तयारी छ ।

    उनले पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली र एमालेलाई लक्षित गर्दै टिकटक सामाग्री पोष्ट गरेकी थिइन्। उनले कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ती गरेको विषयमा पनि विरोध गरेकी थिइन्।

    यस्तै उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई असहयोग गरेको भन्दै उपमेयर सुनीता डंगोलको पनि आलोचना गरेकी थिइन्। उनले एमाले र अन्य दलका नेताहरुको पनि आलोचना गरेका सामाग्री टिकटकमा छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार