अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानडामा जारी जी ७ शिखर सम्मेलनबाट छिटो अमेरिका फर्किने भएका छन् ।
ट्रम्पले इरान र इजरायलबीचको युद्ध चरम अवस्थामा पुगेको भन्दै आफुले जी७ सम्मेलनबाट छिटो निस्कने बताएका हुन् । उनले मध्य पूर्वमा चलिरहेको अवस्थालाई व्यवस्थापन गर्न जति सक्दो चाँडो वाशिंगटन फर्कनु आवश्यक रहेको बताएका छन् ।
उनले भनेका छन्- 'म फर्कनु पर्छ । धेरै महत्त्वपूर्ण समय छ । म सकेसम्म चाँडो फर्कनु पर्छ ।' ट्रम्पका सहयोगीहरूले योजना भन्दा एक दिन अगाडि, ट्रम्प अमेरिका फर्किने बताएका छन् ।
यसअघि ट्रम्पले अमेरिकी अधिकारीहरुलाई जति सक्यो छिटो इरानका अधिकारीहरुसँग सम्पर्क गर्न निर्देशन दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।