शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

१२ देशका नागरिकलाई अमेरिकाको प्रतिबन्ध आजदेखि लागु

१२ देशका नागरिकलाई अमेरिकाको प्रतिबन्ध आजदेखि लागु

जेठ २६, २०८२ सोमवार
जेठ २६, २०८२ सोमवार
  • १२ देशका नागरिकलाई अमेरिकाको प्रतिबन्ध आजदेखि लागु

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका मानिसहरूलाई अमेरिका आउन पूर्ण रूपमा प्रतिबन्ध लगाउने आदेश आजदेखि कार्यान्वयनमा आएको छ । 

    प्रतिबन्ध लगाइएका देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन् । 

    यी बाहेक ७ देशका नागरिकहरूमा पनि आंशिक प्रतिबन्ध लगाइएको छ । यो आप्रवासन र गैर(आप्रवासन भिसा दुवैमा लागू हुनेछ । जसमा बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेका छन् ।

    अमेरिकी विदेश विभागका अनुसार, पूर्ण प्रतिबन्धको अर्थ त्यो देशका अधिकांश नागरिकहरूलाई अमेरिका प्रवेश गर्न पूर्ण रूपमा प्रतिबन्ध हुने छ । यसमा पर्यटक भिसा, विद्यार्थी भिसा, काम भिसा र आप्रवासी भिसा खोज्ने व्यक्तिहरू समावेश रहेको विदेश बिभागले जनाएको छ । अर्कोतर्फ, आंशिक प्रतिबन्धको अर्थ त्यो देशका नागरिकहरूका लागि केही विशिष्ट प्रकारका भिसा वा प्रवेश प्रतिबन्धित हुने छन् ।

    साथै ट्रम्पले अन्य देशका नागरिकहरूलाई भिसा जारी गर्दा सावधान रहन आग्रह गरेका छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार