शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भारतमा ‘लिभिङ टुगेदर’ मा बसेकी नेपाली महिलाको विभत्स हत्या

भारतमा ‘लिभिङ टुगेदर’ मा बसेकी नेपाली महिलाको विभत्स हत्या

जेठ २५, २०८२ आइतवार
जेठ २५, २०८२ आइतवार
  • भारतमा ‘लिभिङ टुगेदर’ मा बसेकी नेपाली महिलाको विभत्स हत्या

    भारतमा हैदरावादमा ‘लिभिङ टुगेदर’ मा बसेकी गर्भवती प्रेमिकाको हत्या गरेको आरोपमा एक नेपाली युवक पक्राउ परका छन्।

    युवकले लिभिङ टुगेदरमा रहेकी गर्भवती प्रेमिका ३३ वर्षीय तारा बोहराको हत्या गरेको इण्डिया टुडेले जनाएको छ। प्रहरीका अनुसार, हत्यापछि प्रेमिकाको शव लगेज ब्यागमा हालेर सुनसान स्थानमा फालेको भेटिएको छ। हत्यामा संलग्न रहेको आरोपमा ३० वर्षीय नेपाली नागरिक विजय टोप्पा उर्फ विल्सनलाई पक्राउ गरिएको हैदराबाद प्रहरीले जनाएको छ।

    बोहराको शव जुन ४ मा हैदराबादको बाचुपल्लीस्थित आवासीय क्षेत्रमा फालिएको लगेजभित्र फेला परेको थियो। विजय एक स्थानीय रेष्टुरेन्टमा कार्यरत सेफ हुन्। उनी तारासँग लिभिङ टुगेदरमा बस्दै आएका थिए। फेसबुकमार्फत चिनजान भएका उनीहरूको पछि प्रेम बसेको खुल्न आएको प्रहरीले जनाएको छ। तारा विवाहित थिइन् र उनका दुई सन्तान थिए। तर, उनले अप्रिल १५ मा हैदराबाद आएर विजयसँग बोवरमपेटस्थित भाडाको घरमा बस्न थालेकी थिइन्।

    मे २३ मा तारा गर्भवती भएको विषयमा विवाद हुँदा विजयले नाइलन झोलाको डोरीले घाँटी थिचेर उनको हत्या गरेको प्रहरीको भनाइ छ। स्थानीय चौकीदारले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पाँच वटा विशेष टोली बनाएर आरोपीको खोजी थालेको थियो । सीसीटीभी फुटेज र प्राविधिक प्रमाणको आधारमा विजयलाई मेडचल जिल्लाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिले प्रारम्भिक बयानमा आफ्नो कसुर स्वीकार गरेको प्रहरीले दाबी गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार