शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बंगलादेशमा २०२६ को अप्रिलमा आम निर्वाचन हुने

बंगलादेशमा २०२६ को अप्रिलमा आम निर्वाचन हुने

जेठ २३, २०८२ शुक्रवार
जेठ २३, २०८२ शुक्रवार
  • बंगलादेशमा २०२६ को अप्रिलमा आम निर्वाचन हुने

    बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले देशमा चुनावको सम्भावित मिति घोषणा गरेका छन् ।

    बीबीसी बंगलाका अनुसार, शुक्रबार राष्ट्रलाई सम्बोधन गर्दै उनले अर्को राष्ट्रिय चुनाव २०२६ को अप्रिलको पहिलो पन्ध्र दिनमा हुने बताएका हुन् । उनले यो घोषणाको आधारमा निर्वाचन आयोगले उपयुक्त समयमा चुनावको लागि विस्तृत रोडम्याप प्रदान गर्ने पनि बताए ।

    बंगलादेशको मुख्य दल बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) सहित धेरै राजनीतिक दलहरूले निरन्तर चुनाव रोडम्यापको माग गरिरहेका थिए । बीएनपीले यस वर्ष डिसेम्बरसम्ममा चुनावको माग गरिरहेको थियो ।

    यद्यपि, मोहम्मद युनुसले यस वर्ष डिसेम्बर र अर्को वर्षको जुन महिनाको बीचमा चुनाव गरिनुपर्ने बताउदै आएका थिए । त्यस्तै बंगलादेशको सेनाले पनि यसैबर्षको डिसेम्बर भित्र निर्वाचन गराउन दबाब दिदै आएको थियो ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार