शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

जसपा नेपालको कपिलवस्तुको प्रथम जिल्ला अधिवेशन आरम्भ

जसपा नेपालको कपिलवस्तुको प्रथम जिल्ला अधिवेशन आरम्भ

जेठ २३, २०८२ शुक्रवार
जेठ २३, २०८२ शुक्रवार
  • जसपा नेपालको कपिलवस्तुको प्रथम जिल्ला अधिवेशन आरम्भ

    जनता समाजवादी पार्टी, नेपाल कपिलवस्तु कार्यसमितिको एकताको प्रथम जिल्ला अधिवेशनको केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका छन् ।  

    कपिलवस्तुको तौलिहवामा प्रमुख वक्ताको रुपमा जसपा नेपालका अध्यक्ष यादवले पानसमा बालेर उद्घाटन गरेसँगै आजदेखि जिल्ला अधिवेशन सुरु भएको हो ।

    पछिल्लो समय देशब्यापी रुपमा जसपा नेपालको संगठन निर्माण अधियानले तीब्रता पाएसँगै यो अधिवेशनबाट कपिलवस्तुको जनस्तरमा पुग्ने र संगठन बिस्तार अभियानलाई थप प्रभावकारी ढंगले उचाईमा पुर्याउने लक्ष्य लिइएको छ ।

    ‘संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद’ पार्टीका मूल नारासहित सुरु भएको जिल्ला अधिवेशनले संगठन सुदृढीकरण, नीति–रणनीति र स्थानीय नेतृत्व निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।  

    बाँके र बर्दियाको जिल्ला अधिवेशन उदघाटन सम्पन्न गरेर कपिलवस्तुको जिल्ला अधिवेशनको लागि अध्यक्ष यादवसहित जसपा नेपालको केन्द्रीय नेतृत्व शुक्रबार बिहान नेपालगञ्जबाट तौलिहवा पुगेको थियो ।

    अध्यक्ष यादवसँगै जसपा नेपालका केन्द्रीय महासचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्मा, राष्ट्रिय सभा सदस्य खालिद सिद्धिकी र लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादव लगायतका केन्द्रीय नेताहरु तौलिहवा अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    अधिवेशनमा जिल्लाका प्रतिनिधिहरू, स्थानीय नेताहरु, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको छ ।  

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार