शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रुसको एयरबेसमा युक्रेनको भिषण आक्रमण, रूसका ४० युद्धक जहाज नष्ट

रुसको एयरबेसमा युक्रेनको भिषण आक्रमण, रूसका ४० युद्धक जहाज नष्ट

जेठ १९, २०८२ सोमवार
जेठ १९, २०८२ सोमवार
  • रुसको एयरबेसमा युक्रेनको भिषण आक्रमण, रूसका ४० युद्धक जहाज नष्ट

    युक्रेनले रूसमा धेरै वायु सेना क्षेत्रहरूमा ठूलो मात्रामा ड्रोन हमला गरेको छ। युक्रेनले ४० वटा रुसी लडाकु विमानहरू नष्ट गरेको दाबी गरेको छ ।

    युक्रेनी वेबसाइट किभ इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार, युक्रेनले मुर्मन्स्कमा रहेको ओलेन्या एयर बेस, इर्कुत्स्कमा रहेको बेलाया एयर बेस, इभानोभोमा रहेको इभानोभो एयर बेस र रुसको डायगिलेभो एयर बेसलाई निशाना बनाएको दाबि गरेको छ ।

    । यो आक्रमणले रुसका धेरै युद्धक जहाजहरू नष्ट भएको युक्रेनी सुरक्षा सेवा (एसबीयू)ले यो जानकारी दिएको छ । ‘स्पाइडरवेब’ नामक यो सैन्य अभियान रूस र युक्रेनबीच इस्तानबुलमा हुने शान्ति वार्ताको अघिल्लो रातमा गरिएको हो । यो युद्ध सुरु भएदेखि युक्रेनले गरेको सबैभन्दा एकीकृत महत्वाकांक्षी हमला भएको सीएनएनले जनाएको छ ।

    एसबीयू स्रोतले दिएको जानकारी अनुसार, रूसका चार वायु सेना क्षेत्रहरूमा धेरै मात्रामा रूसी बमवर्षक जहाजहरू जलिरहेका छन् । यी वायु सेना क्षेत्रहरू एकअर्काबाट सयौँ मील टाढा भएको छन् । उक्त स्रोतका अनुसार ती ड्रोनहरू रूसभित्रै रहेका ट्रकहरूबाट प्रक्षेपण गरिएका थिए । 

    रुसको बेलाया एयर बेस युक्रेनी सीमाबाट लगभग ४ हजार किलोमिटर टाढा छ र ओलेन्या एयर बेस लगभग १८०० किलोमिटर टाढा छ । यस आक्रमणमा ए-५०, टियु-९५ र टियु-२२ जस्ता रणनीतिक बमवर्षकहरू नष्ट भएको बताइएको छ ।

    रिपोर्ट अनुसार, युक्रेनी सुरक्षा एजेन्सी (एसबियु) ले यो आक्रमण गरेको थियो, जसमा एफपीभी (फर्स्ट-पर्सन-भ्यू) ड्रोनहरू प्रयोग गरिएको थियो । एसबियूले आत्मरक्षामा यो आक्रमण गरेको बताएको छ, किनकि यी रूसी विमानहरूले प्रायः युक्रेनी शहरहरूलाई लक्षित गरिरहेका थिए ।

    प्रारम्भिक अनुमान अनुसार, क्षतिको लागत २ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको अनुमान गरिएको छ । यो युक्रेनले गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो र सबैभन्दा हानिकारक ड्रोन आक्रमण भनिएको छ । यो आक्रमण सोमबार इस्तानबुलमा शान्ति वार्ता हुने र सीमापार झडप तीव्र भएको समयमा भएको हो ।

    युक्रेनको सुरक्षा सेवाले उनीहरूको ड्रोन रूस भित्र गएर ठूला बमवर्षकहरू र ए-५० जस्ता महँगा जासूसी विमानहरूलाई क्षति पुर्‍याएको छ । ए-५० विमानहरू धेरै दुर्लभ छन् र रूससँग केवल १० वटा यस्ता विमानहरू छन् । एउटा विमानको मूल्य लगभग ३५० मिलियन डलर पर्ने भनिएको छ ।

    यस आक्रमणमा, 'बेलाया' नामक एयरबेसलाई विशेष रूपमा लक्षित गरिएको थियो, जुन रूसको इर्कुत्स्क क्षेत्रमा छ । साथै, 'ओलेन्या' एयरबेसमा पनि आगलागी भएको रिपोर्ट आएको छ ।

    टियु-९५ र टियु-१६० जस्ता विमानहरू पुराना हुन्, तर तिनीहरू लामो दूरीसम्म उड्न सक्छन् र धेरै क्षेप्यास्त्रहरू बोक्न सक्छन् । तिनीहरूलाई रूसी वायुसेनाको सबैभन्दा शक्तिशाली हतियारहरू मध्ये एक मानिन् छ। तिनीहरूलाई खसाल्नु युक्रेनको लागि ठूलो उपलब्धि मानिएको छ ।

    युक्रेनले उनीहरूले यो आक्रमण रूसको बमबारी रोक्नको लागि गरेको बताएको छ । किनकि लगभग हरेक रात यी रूसी विमानहरूले युक्रेनी शहरहरूमा आक्रमण गरिरहेका थिए । 

    युक्रेनको दाबीलाई रुसले पुष्टि गरेको छ । रुसको विदेश मन्त्रालयले युक्रेनले आफ्नो एयरफिल्डमा ड्रोन आक्रमण गरेको स्वीकार गरेको छ । युक्रेनको आक्रमणमा आगलागी भएको र अहिले नियन्त्रणमा आयको बताएको छ ।युक्रेनको यस आक्रमणको रुसले कडा जवाफ दिने चेतावनी पनि दिएको छ ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार