शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गाजामा विश्व खाद्य कार्यक्रमको राहत सामाग्री लुटियो

गाजामा विश्व खाद्य कार्यक्रमको राहत सामाग्री लुटियो

जेठ १८, २०८२ आइतवार
जेठ १८, २०८२ आइतवार
  • गाजामा विश्व खाद्य कार्यक्रमको राहत सामाग्री लुटियो

    विश्व खाद्य कार्यक्रमले गाजामा मानिसहरूले राहत सामग्रीले भरिएका ट्रकहरूलाई घेरे र खाद्यान्न सामानहरू लगेको बताएको छ । मानवीय सहायता संगठन विश्व खाद्य कार्यक्रमले शुक्रबार राति र शनिबार बिहान गाजामा पीठोले भरिएका ७७ ट्रक पठाएको थियो ।

    खाद्य कार्यक्रमलेले भनेको छ- 'सबै ट्रकहरू बाटोमा रोकिएका थिए र धेरैजसो खाना आफ्ना परिवारलाई खुवाउन चाहने भोका मानिसहरूले लगेका थिए ।'

    विश्व खाद्य कार्यक्रमका प्रवक्ता अबीर एतेफाले उनीहरूलाई पहिले नै डर थियो कि ट्रकहरू उनीहरूको गोदाममा पुग्न सक्ने छैनन्, त्यसैले यदि बाटोमा भीड भयो भने मानिसहरूलाई राहत सामग्री लैजान दिइने निर्णय गरिएको थियो ।

    इजरायलले गाजामा ११ हप्ताको लागि नाकाबन्दी लगाएको थियो, जुन उसले मे १९ मा हटाएको थियो । यसको बाबजुद पनि, संयुक्त राष्ट्र संघले अहिलेसम्म पुगेको सहायता मानिसहरूको आवश्यकताको १० प्रतिशत मात्र हो ।

    विश्व खाद्य कार्यक्रमले नागरिकहरू कम भएको र लुटेरा गिरोहहरूको लागि कम जोखिम भएको सडक रोजे पनि खाद्यान्न लुटिएको बताएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार