शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

विदेश बस्ने आफन्तलाई ‘रातो च्याउ’ कोसेली

विदेश बस्ने आफन्तलाई ‘रातो च्याउ’ कोसेली

जेठ १३, २०८२ मंगलवार
जेठ १३, २०८२ मंगलवार
  • विदेश बस्ने आफन्तलाई ‘रातो च्याउ’ कोसेली

    म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने रातो च्याउ सहर र विदेशमा रहेका आफन्तलाई पठाउने आकर्षक कोसेली बन्न थालेको छ। औषधीय गुण र स्वादले युक्त रातो च्याउ धेरैको रोजाइमा पर्ने गरेको हो। पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देश पुगेका आफन्त र यहाँ घुम्न आउने पर्यटकले रातो च्याउ कोसेलीका रुपमा लैजाने गरेका छन्।

    जिल्लाको धवलागिरि, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका उपल्लो क्षेत्रमा रातो च्याउ पाइन्छ । जेठको पहिलो सातादेखि साउनसम्म च्याउ पाइने मालिका गाउँपालिका– ५ का इलमी बुढामगरले बताए। ‘बुहारी र नाति नातिनी अहिले जङ्गलमा गएर च्याउ टिप्न व्यस्त छन् ।

    दैनिक तीन-चार किलो च्याउ टिपेर ल्याउँछन्’, बूढाले भने, ‘केही घरमा खान्छौँ, केही बजारमा बेच्न पठाउछौँ, धेरैजसो बेनी, पोखरा, काठमाडौँमा रहेका आफन्तहरु विदेशमा गएका आफन्तलाई कोसेलीको रुपमा पठाउने गर्छाै ।’ आलो रातो च्याउ बजारमा रु आठ सयदेखि रु एक हजार दुई सयसम्ममा बिक्री हुने गरेको उनले जानकारी दिए ।

    धवलागिरि गाउँपालिका– ४ की तारा विकले जापानमा रहेका छोरालाई केही दिन अघि दुई किलो रातो सुकाएको च्याउ कोसेली पठाए । जेठ लागेयता उनले १४ किलो च्याउ संकलन गरेर बिक्री गरी रु १५ हजार बढी आम्दानी गरेका छन् । बजारमा रातो च्याउ बिक्रीको समस्या नभएको उनको भनाइ छ ।

    जिल्लाका लेकाली क्षेत्रमा पाइने च्याउ शुद्ध प्राकृतिक र पौष्टिक हुने भएकाले सहरका बासिन्दा जङ्गलको च्याउ खरिद गर्न गाउँतिर आउने गरेको स्थानीय बताउँछन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार