शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भिजिट भिसा प्रकरणमा मुछिएका विमानस्थल अध्यागमनका ६ कर्मचारीको खोसियो जिम्मेवारी

भिजिट भिसा प्रकरणमा मुछिएका विमानस्थल अध्यागमनका ६ कर्मचारीको खोसियो जिम्मेवारी

जेठ ९, २०८२ शुक्रवार
जेठ ९, २०८२ शुक्रवार
  • भिजिट भिसा प्रकरणमा मुछिएका विमानस्थल अध्यागमनका ६ कर्मचारीको खोसियो जिम्मेवारी

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको मानव तस्करीबारे अनुसन्धान गरिरहेका बेला गृह मन्त्रालयले अध्यागमनका ६ जना कर्मचारीको जिम्मेवारी खोसेको छ। विमानस्थल अध्यागमन कार्यालयमा खटिएका ६ जना नायब सुब्बाहरूलाई मन्त्रालयमा तानिएको एक स्रोतले जनाएको छ । स्रोतका भिजिट भिसा प्रकरणबारे मन्त्रालयबाट समेत छानबिन भइरहेकाले उनीहरूलाई जिम्मेवारीबाट हटाइएको हो ।

    आयोगले विमानस्थल अध्यागमनमा आयोगले दुई दिनअघि छापा मारेर महत्वपूर्ण कागजात र कम्प्युटरहरू बरामद गरेको थियो भने अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराई समेत पक्राउ परेका थिए । दिनभर आयोगमा केरकार गरेर साँझ उनलाई भोलिपल्ट उपस्थित हुने गरी छाडिएको थियो। आयोगले एक महिनाअघिबाटै यो मामिलामा अनुसन्धान गरिरहेको थियो । छानबिन भइरहेको थाहा पाएर सहसचिव भट्टराईले एक दिनअघि सरुवा मागेका थिए । यता भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट सरुवा हुने कर्मचारीको संख्या १५ पुगेको छ । आज दुई चरणमा १४ जना र यसअघि उपसचिव तीर्थराज भट्टराईसहित गरेर १५ जना कर्मचारीलाई सरुवा गरिएको हो ।

    भट्टराईलाई ७ गते अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । उनी जेठ ६ गतेमात्रै गृहमन्त्रालयमा सरुवा भएका आएका थिए। अख्तियारले अहिले भट्टराईको मोबाइल पनि नियन्त्रणमा लिएर फरेन्सिक ल्याबमा पठाइसकेको छ । गृह मन्त्रालयले भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालयका उच्च तहका कर्मचारीहरूकै संलग्नता भएको आशंकापछि नायब सुब्बा र कम्प्युटर अपरेटरको पनि सरुवा गरेको हो । अख्तियारले आयोगमा भएका कम्प्युटरलगायत विभिन्न डिभाइसहरू यसअघि नै नियन्त्रणमा लिइसकेको छ ।

    नायब सुब्बा प्रेमप्रसाद पौडेललाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा, नायब सुब्बा वीरभद्र जोशी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा, नायब सुब्बा नरबहादुर थापा जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएका छन् । त्यस्तै कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ, धनराज उपाध्याय र सहायक कम्प्युटर कमला श्रेष्ठलाई कारागार व्यवस्थापन विभाग वा अन्तर्गतका कार्यालयमा सरुवा गरिएको छ ।

    त्यस्तै नायब सुब्बा सुबराज श्रेष्ठ जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, नायब सुब्बा दत्त लामा जिल्ला प्रशासन कार्यालय जाजरकोट, नायब सुब्बा गोविन्दप्रसाद अधिकारी जिल्ला प्रशासन कार्यालय गोरखा, नायब सुब्बा तेजराज गौतम जिल्ला प्रशासन कार्यालय बाग्लुङ, नायब सुब्बा सुवास केसी जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिम, नायब सुब्बा कुवेरप्रसाद दाहाल जिल्ला प्रशासन कार्यालय धनकुटामा सरुवा गरिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार