शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

बदलिँदो आर्थिक र राजनीतिक सन्दर्भलाई समेटेर संविधान संशोधन गरौंः पूर्ण बस्नेत

बदलिँदो आर्थिक र राजनीतिक सन्दर्भलाई समेटेर संविधान संशोधन गरौंः पूर्ण बस्नेत

बैशाख २९, २०८२ सोमवार
बैशाख २९, २०८२ सोमवार
  • बदलिँदो आर्थिक र राजनीतिक सन्दर्भलाई समेटेर संविधान संशोधन गरौंः पूर्ण बस्नेत

    जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बदलिँदो सामाजिक, आर्थिक र राजनीतिक सन्दर्भलाई समेटेर जनअपेक्षाअनुसार समयानुकूल बनाउन देशको संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

    लोकतन्त्रको रक्षा, भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रणालीमा सुधार, समावेशीकरण र पहिचानको मुद्दालाई सम्बोधन तथा संघीयताको प्रभावकारी कार्यान्वयनलगायतका विषयलाई सम्बोधन गर्न संविधान संशोधन आवश्यक रहेको बस्नेतले बताए ।

    संविधानले समयानुसार जनताको आकांक्षालाई समेट्न नसक्ने हो भने लोकतन्त्र नै खतरामा पर्न सक्ने भन्दै संविधान संशोधनको मुख्य अभिप्राय लोकतन्त्रको रक्षा रहेको उनको भनाइ छ । बस्नेतले मुलुकको अर्को ठूलो समस्या भ्रष्टाचार हो । मुलुकमा व्याप्त आर्थिक अनियमितता र अपारदर्शितालाई रोक्न, भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्न संविधान संशोधन गरी शक्तिशाली जनलोकपाल आयोग गठन गर्नुपर्नेमा उनको जोड रहेको छ ।

    त्यस्तै बस्नेतले मुलुकमा अपनाइएको निर्वाचन प्रणालीले भ्रष्टाचारलाई संस्थागत गर्न सहयोग पुर्याएको भन्दै संविधान संशोधनमार्फत निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिए । बहुजातीय, बहुभाषिक र बहुसांस्कृति मुलुकमा समावेशीकरण र पहिचानको विषयलाई व्यवस्थित र व्यवहारिक बनाउन तथा संघीय संरचनालाई अझ प्रभावकारी बनाउन पनि संविधान संशोधन/पुनर्लेखन गर्नुपर्ने उनको माग छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार