शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

विश्व पौडेलले दिए गभर्नर सिफारिस समिति सदस्यबाट राजीनामा

विश्व पौडेलले दिए गभर्नर सिफारिस समिति सदस्यबाट राजीनामा

बैशाख २८, २०८२ आइतवार
बैशाख २८, २०८२ आइतवार
  • विश्व पौडेलले दिए गभर्नर सिफारिस समिति सदस्यबाट राजीनामा

    विश्व पौडेलले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका छन्। उनले आज (आइतबार) नै समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन्। विश्व पौडेलले अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा पठाइसकेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

    नेपाली कांग्रेसले गभर्नरमा पौडेललाई सिफारिस गर्न प्रस्ताव गरेपछि उनले समितिको सदस्यबाट राजीनामा दिएका हुन्। पहिलो पटक गठन गरिएको सिफारिस समितिको बैठक एक महिनासम्म पनि बस्न नसकेको भन्दै पूर्व गभर्नरको तर्फबाट सदस्य बनेका विजयनाथ भट्टराईले राजीनामा दिएका थिए । भट्टराईको राजीनामा पछि समितिमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीलाई ल्याइयो । अधिकारीलाई सदस्य बनाएको करिब दुई साता पुग्न लाग्यो । अधिकारीलाई ल्याएर पछिल्लो पटक पुनर्गठित गभर्नर सिफारिस समिति पनि निष्क्रिय बनेको छ । अहिले अधिकारीविरुद्ध पनि सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

    हाल गभर्नर सिफारिस समितिमा संयोजक उपप्रधान तथा अर्थमन्त्री पौडेल, तत्कालीन गभर्नर अधिकारी र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेल रहेका छन् । यो समितिको पनि बैठक बस्न नसकिरहेको अवस्थामा सरकारले अर्को नयाँ सिफारिस समिति गठन गर्ने तयारी थालेको छ ।

    अर्थमन्त्री पौडेलले गभर्नर सिफारिस समितिले अहिलेसम्म काम गरी नसकेको स्वीकारे । अर्को सिफारिस समिति गठनको सम्भावनाबारे भने उनले अहिले केही भइ नसकेको संक्षिप्त प्रक्रिया दिए । कांग्रेसले गभर्नरका लागि अघि सारेका राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टको राजीनामा कामु गभर्नर निलम ढुंगानाले स्वीकृत नगरेका कारण समितिले औपचारिक काम गर्न पाएन ।

    गुणाकर भट्टलाई गभर्नर बन्न नदिनकै लागि राजीनामा अस्वीकृति भएपछि अब कांग्रेसले नै अर्को विकल्प खोजेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार गुणाकरको च्याप्टर अब क्लोज भएको छ । भट्टको विकल्पमा ज्ञानेन्द्र ढुंगानाको चर्चा चले पनि राष्ट्र बैंकको सुपरीवेक्षणमा रहने प्राइभेट वाणिज्य बैंकको सिइओबाट भर्खर छाडेका व्यक्तिलाई बनाउन नमिल्ने बालुवाटारले प्रष्ट पारेको छ ।

    कांग्रेसबाटै केही नेताले पूर्व सचिव केबल भण्डारीको नाम समेत लिएका छन् । तर सिफारिस समितिका सदस्य रहेका विश्व पौडेललाई गभर्नर बनाउन कांग्रेसले आन्तरिक छलफल थालेपछि नयाँ समिति गठन गर्न लागिएको स्रोतले जनाएको छ। सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस र एमालेबीच सहमति भए पौडेललाई गभर्नर बन्नका लागि उनले समितिको सदस्यबाट राजीनामा दिनुपर्ने हुन्छ ।

    उनले राजीनामा दिएमा अर्को सिफारिस समिति गठन गर्नुपर्ने हुन्छ । जसका लागि नयाँ समिति बनाउने तयारी थालिएको हो । स्मरण रहोस्, केही दिन अगाडि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नर कांग्रेसको भागमा परेको खुलासा गरेका थिए । कांग्रेसलाई गभर्नर पद दिने पक्षमा प्रधानमन्त्री केपी शर्मा ओली पनि रहेको देउवाले बताएका थिए । विश्व पौडेल गत निर्वाचनमा चितवन १ बाट कांग्रेसको उम्मेदवार थिए। नेपाल राष्ट्र बैंकको गभर्नर पद गएको चैत्र २४ गतेदेखि रिक्त रहेको छ। डेपुटी गभर्नर निलम ढुङ्गानाले कामु गभर्नरको रूपमा जिम्मेवारी सम्हाली रहेकी छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार