शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु, दुई जना घाइते

पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु, दुई जना घाइते

बैशाख २७, २०८२ शनिवार
बैशाख २७, २०८२ शनिवार
  • पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु, दुई जना घाइते

    सुनसरीको दुहबीमा पिकअप दुर्घटना हुँदा एक प्रहरी सहायक निरीषकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुहबी नगरपालिका–३ स्थित फुटानी चौकमा दाउरा बोकेको पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    इटहरी–विराटनगर सडक खण्डमा उत्तर इटहरीबाट दक्षिण विराटनगरतर्फ जाँदै गरेको प्र२–०१–००१च ०२५१ नम्बरको दाउरा बोकेको पिकअप भ्यान आफै अनियन्त्रित भई सडकको बायाँ किनारमा रहेको फलामको रेलिङमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।

    दुर्घटनामा नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म काठमाडौँ दरबन्दी भई जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत उदयपुर त्रियुगा नपा ८ राजाबासका ३० वर्षका प्रहरी सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको उनले जानकारी दिए ।

    टाउको, छाती र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर भएका खतिवडाको विराट टिचिङ अस्पताल बूढीगंगामा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै चालक उदयपुरको चौदण्डीगढी नगरपालिका–६ बस्ने वर्ष ३८ को सुरेश कार्की टाउको र छातीमा चोट लागेको प्रहरीले जनाएको छ। चालकको छोरी वर्ष १४ की रोजिना कार्कीको चिउँडोमा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरूको विराट टिचिङ अस्पताल बूढीगंगामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार