शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पाँच–सात मिनेट बत्ती जानुलाई लोडसेडिङ भन्न मिल्दैन्: निर्देशक शाक्य

पाँच–सात मिनेट बत्ती जानुलाई लोडसेडिङ भन्न मिल्दैन्: निर्देशक शाक्य

विद्युत प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा

बैशाख १९, २०८२ शुक्रवार
बैशाख १९, २०८२ शुक्रवार
  • पाँच–सात मिनेट बत्ती जानुलाई लोडसेडिङ भन्न मिल्दैन्: निर्देशक शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पाँच/सात मिनेट बत्ती जानुलाई लोडसेडिङ भन्न नमिल्ने बताएका छन् ।  शुक्रबार पत्रकार सम्मेलनको आयोजनगरी प्राधिकरणको श्वेतपत्र सार्वजनिक गर्दै उनले पाँच/सात मिनेट बत्ती जानुलाई लोडसेडिङ नभएर स्मार्ट मिटरको ट्रिपिङ भएको स्पष्ट पारेका हुन् ।

    उनले भने, ‘वार्षिक औसत ८२५ वटा ट्रिपिङ भएको छ, हरेक ग्राहकलाई भएको छ । हुनसक्छ कुनै ग्राहकलाई हजार पटक भयो होला कुनै ग्राहकलाई सय पटक भयो होला । चैत्र मसान्तसम्म तर औसतमा ८२५ पटक ट्रिपिङ भएको रहेछ । यो तथ्याङ्कले बोल्छ । यो स्मार्ट मिटर हो कसैले ढाटेर ढाँट्न मिल्दैन । र यसको जम्मा अवरोध हेर्दा एक पटकमा ३७ मिनेट प्रतिअवरोध सालाखालामा बत्ति गएको देखिन्छ । हामी अहिले पाँच/सात मिनेट बत्ती जाँदैमा सोसल मिडियामा व्यापक रुपमा लेख्छौं–अब लोडसेडिङ गराउन लाग्यो भनेर । तर यो तथ्याङ्कलाई मनन गर्नुपर्छ । यो अवरोधलाई क्रमश कम गर्दै लैजाने छ ।’

    एकातिर वर्षायामको विद्युत आंशिक रुपमा खेर गइरहेको छ भने अर्कोतिर सुख्खायाममा विद्युतको माग पूर्ण रूपमा आपूर्ति गर्न नसकिएको भन्दै आगामी दिनहरूमा यसको व्यवस्थापन अझ बढी चुनौतीको रूपमा देखिएको उनको भनाइ छ । करिब २३ सय मेगावट डिमाण्ड आपूर्ति गर्ने सिस्टममा १३ हजार ७१४ मेगावटको सब्टिसन सञ्चालनमा रहेको उनले जानकारी गराए ।

    ‘हाम्रो सिस्टम ३ हजार ५११ मेगावट उत्पादनको क्षमता भएको हो, त्यसमा करिब २३ सय मेगावट डिमाण्ड आपूर्ति गर्ने सिस्टममा १३ हजार ७१४ मेगावटको सब्टिसन सञ्चालनमा छन् । त्यसले सिस्टमको सब्टिसन प्रणाली त मजबुत छ, त्यहाँ राम्रै खर्च भएको रहेछ तर नेटवर्क सञ्जाल चाँही कमजोर छ । यसले सिस्टम ट्रिपिङ भइरहेको देखिएको छ,’ उनले भने ।

    विद्युत प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा 

    श्वेत पत्र सार्वजनिक गर्दै उनले हालसम्म प्राधिकरण हाल ५ अर्ब २६ करोड नोक्सानीमा रहेको उल्लेख गरे । उनले आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी मै रहेको जानकारी गराएका हुन् ।

    उनले भने,‘आ.व. २०८०/०८१ सम्म प्राधिकरणको कुल संचित नाफा करिब रु. ४६ अर्ब ४७ करोड रहेको छ भने चालु आ.व.को फागुन मसान्तसम्म नाफा रु.९ अर्ब ४८ करोड भएको छ । तर आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल रु. ५ अर्ब २६ करोड नोक्सानी मै रहेको देखिन्छ ।’

    त्यस्तै उनले, आ.व.२०८०/८१ मा देखाएको नाफा नोक्सान हिसाबमा थप समायोजन गरी नाफा नोक्सान कायम गर्नुपर्ने देखिएको उनको भनाइ छ । ‘यसर्थ महालेखाको प्रतिवेदन अनुसार लेखापरीक्षण प्रतिवेदनमा औल्याइएका बुँदाहरु मध्ये संस्थाले रु.७ अर्ब १९ करोड खर्च नलेखेको र४ अर्ब ७२ करोड रुपैयाँ आम्दानी बढि लेखाङ्कन गरेको तथा २९.९१ करोड आम्दानी नबाँधेको देखिन्छ । समग्रमा आ व.२०८०/८१ मा देखाएको नाफा नोक्सान हिसाबमा थप समायोजन गरी नाफा नोक्सान कायम गर्नुपर्ने देखिन्छ । यसमा संभावित दायित्व समेत वापत हुन आउने नोक्सानी संलग्न छैन,’ उनले भने ।

    नेपाल सरकारको प्राधिकरणमा शेयर लगानी रु. २ खर्ब ६ अर्ब ७४ करोड, संचित नाफा ४६ अर्ब ४७ करोड र अन्य जगेडा तर्फ रु. ५ अर्ब ८९ करोड गरी जम्मा इक्विटी रु. २ खर्ब ५९ अर्ब १० करोड रहेको पनि उनले जानकारी गराए । उनले १४ अर्ब १० करोड बराबरको रकम शोधभर्ना प्राप्त गर्न बाँकी छ रहेको भन्दै जुन विगतका वर्षदेखि बाँकी रही आएको भएतापनि नेपाल सरकारबाट प्राप्त हुन नसकेको बताए ।

    उनका अनुसार २०८१ अषाढ मसान्तसम्मको डेडिकेटेड फिडर तथा ट्रंकलाइनतर्फको रु. २३ अर्ब ४४ करोडसहित २०८१ फाल्गुनसम्म प्राधिकरणको जम्मा बक्यौता रु. ४४ अर्ब ५४ करोड रहेको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार