शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

अमेरिकाले युक्रेनसँग गर्‍यो प्राकृतिक स्रोत दुर्लभ खनिज वस्तुसम्बन्धी सम्झौता

अमेरिकाले युक्रेनसँग गर्‍यो प्राकृतिक स्रोत दुर्लभ खनिज वस्तुसम्बन्धी सम्झौता

बैशाख १८, २०८२ बिहिवार
बैशाख १८, २०८२ बिहिवार
  • अमेरिकाले युक्रेनसँग गर्‍यो प्राकृतिक स्रोत दुर्लभ खनिज वस्तुसम्बन्धी सम्झौता

    अमेरिकाले युक्रेनसँग प्राकृतिक स्रोत दुर्लभ खनिज वस्तुसम्बन्धी सम्झौता गरेको घोषणा गरेको छ । युक्रेन र अमेरिकाबीच युक्रेनको दुर्लभ खनिज स्रोतहरूमा अमेरिकालाई पहुँच दिने सम्झौताका लागि महिनौँदेखि संवाद चल्दै आएको थियो । 

    अमेरिकी अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै देशले पुनर्निर्माण लगानी कोष गठन गर्ने सहमति पनि गरेका छन् ।  यो सम्झौताअन्तर्गत युद्धग्रस्त युक्रेनको पुनस्र्थापनालाई गतिशीलरूपमा अगाडि बढाउन ‘म्युचल एसेटस्, ट्यालेन्टस् एन्ड क्यापाविलिटिज्’मा साझेदारी गरिने बताइएको जनाएको छ ।

    तर, यो सम्झौतामा अन्तिम समयमा आएर केही परिवर्तनहरू गरिएको बीबीसीले बताएको छ । युक्रेनले पहिले नै सहमत भएका केही विशेष बुँदाहरू समावेश गर्न खोजेको थियो । तर, त्यसमा युक्रेन सफल भएन । 

    यो सम्झौतामा फेब्रुअरीमा हस्ताक्षर हुने तालिका भए पनि ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षीबीचको तनावपूर्ण छलफलपछि असफल भएको थियो । - बीबीसी 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार