शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सहज खानेपानी आपूर्तिका लागि होटल संघको ध्यानाकर्षण

सहज खानेपानी आपूर्तिका लागि होटल संघको ध्यानाकर्षण

बैशाख ९, २०८२ मंगलवार
बैशाख ९, २०८२ मंगलवार
  • सहज खानेपानी आपूर्तिका लागि होटल संघको ध्यानाकर्षण

    पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल संघ पोखराले खानेपानी संस्थानको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदी नेतृत्वको टोलीले नेपाल खानेपानी संस्थान पोखरा कार्यालय पुगी खानेपानीको सहज आपूर्ति नहुँदा समस्या भएको भन्दै ध्यानाकर्षण गराएको हो ।

    टोलीले कार्यालय सहायक प्रमुख प्रबन्धक इञ्जिनियर आशिष कार्कीलाई भेटी पानी सहज आपूर्ति नहुँदा पर्यटन क्षेत्रले भोग्नुपरेको समस्याबारे जानकारी गराउँदै यसको समाधानका लागि आग्रह गरिएको संघका अध्यक्ष सुवेदीले बताए । पर्यटकीय राजधानीमा पोखरा भ्रमण वर्ष २०२५ सञ्चालन भइरहेको अवस्थामा पानीको आपूर्ति सहज नहुँदा व्यवसायमा सामस्या परेको बताउँदै पर्यटकको बढी चहलपहल हुने लेकसाइड, ड्यामसाइडलगायत क्षेत्रमा खानेपानी प्राप्तिमा कठिनाइ हुनु दुःखद् भएको उल्लेख गरे । यसले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश जान सक्नेतर्फ सबै सचेत हुनुपर्ने उनको भनाइ छ ।

    ‘आन्तरिक तथा बाह्य पर्यटन आउने पोखराका होटलसहित अन्य व्यवसायीले सुक्खायामसँगै आवश्यकताअनुसार खानेपानीको उपयोग गर्न पाइरहेको अवस्था छैन’, संघले बुझाएको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘होटल तथा पर्यटन व्यवसायीले दैनिकजसो बोरिङको पानी खरिद गरी पाहुनालाई सेवा दिनुपर्ने बाध्यात्मक परिस्थिति रहेको हुँदा पोखरा र पर्यटकको आवासीय क्षेत्र लेकसाइड, ड्यामसाइडमा नियमित रूपमा खानेपानीको व्यवस्था मिलाइ दिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।’

    संघका निवर्तमान अध्यक्ष विकल तुलाचन, प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ, उपाध्यक्ष गणेशराज पहारी, कोषाध्यक्ष नेत्रप्रसाद पौडेललगायतले खानेपानीको समस्यालाई तत्काल समाधान गर्न आग्रह गरे । संस्थान प्रमुख कार्कीले सन् २०१५ को पुरानो आयोजनाअनुसार अघि बढेको आयोजना भएकाले जाइकाले ल्याएको पानीले पनि पोखरेलीको आवश्यकता पूरा गर्न नसकिएको बताउँदै चुहावट र चोरीको समस्या रहेको बताए । उभोक्तालाई आवश्यकताअनुसारको पानी दिन पाए आफूहरूको पनि आम्दानी बढ्ने बताउँदै उनले सहज पानी आपूर्तिका प्रयास गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार