शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

ईसाई धर्मगुरु पोप फ्रान्सिसको निधन

ईसाई धर्मगुरु पोप फ्रान्सिसको निधन

बैशाख ८, २०८२ सोमवार
बैशाख ८, २०८२ सोमवार
  • ईसाई धर्मगुरु पोप फ्रान्सिसको निधन

    ईसाई धर्मगुरु पोप फ्रान्सिसको निधन भएको छ । कार्डिनल केभिन फेरेलले पोपको निधन भएको घोषणा गरेको बीबीसीले जनाएको छ । उनी विगत केही महिनादेखि ‘बाइल्याटरल निमोनिया’ लगायतका स्वास्थ्य समस्याहरूबाट पीडित थिए ।

    ८८ वर्षीय पोप फ्रान्सिसको रोमको स्थानीय समयानुसार भ्याटिकन सिटीमा बिहान ७ बजेर ३५ मिनेटमा निधन भएको फेरेलले आफ्नो घोषणामा भनेको छ । उनको पूरा जीवन लर्ड र चर्चको सेवामा समर्पित थियो । पोप फ्रान्सिसले सधैँ साहस, प्रेम र सीमान्तकृतहरूको पक्षमा उभिन प्रेरित गरेको कार्डिनल केभिन फेरेलको घोषणामा उल्लेख छ ।

    पोप फ्रान्सिस क्याथोलिक चर्चहरूमा सुधारका लागि पनि परिचित थिए । यसका बाबजुद उनी परम्परावादीहरू माझ पनि लोकप्रिय थिए । फ्रान्सिस ल्याटिन अमेरिकाका पहिलो पोप हुन् ।

    उनी सन् २०१३ मा पोप बेनेडिक्टको उत्तराधिकारीका रूपमा पोप बनेका थिए । अहिले विश्व नेताहरूले पोप फ्रान्सिसलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पोप फ्रान्सिसलाई विनम्र व्यक्ति भन्दै क्याथोलिक र गैरक्याथोलिक दुवैका लागि आदर्श भनेर वर्णन गरेका छन् । 

    नेदरल्याण्ड्सका प्रधानमन्त्री डिक स्कूफले पोप फ्रान्सिस हरेक हिसाबले नागरिकका मानिस भएको बताएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार