शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

दुर्गा प्रसाईलाई सरकारी वकिलको कार्यालय लगियो

दुर्गा प्रसाईलाई सरकारी वकिलको कार्यालय लगियो

चैत्र २९, २०८१ शुक्रवार
चैत्र २९, २०८१ शुक्रवार
  • दुर्गा प्रसाईलाई सरकारी वकिलको कार्यालय लगियो

    दुर्गा प्रसाईलाई सरकारी वकिलको कार्यालय लगिएको छ । भारतमा पक्राउ परेका प्रसाईलाई झापाबाट आज काठमाडौं ल्याइएको हो । सरकारी वकिलको कार्यालय ल्याउनुअघि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको थियो ।

    त्यहाँ आवश्यक कागजात मिलाएर उनलाई सरकारी वकिलको कार्यालय ल्याएको प्रहरीले जनाएको छ । उनलाई म्याद थपका लागि आजै जिल्ला अदालत काठमाडौं लैजाने प्रहरीको तयारी छ। प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले राज्यविरुद्ध र अभद्र व्यवहारको कसूरमा अनुसन्धान गर्न प्रसाईलाई म्याद थपका लागि अदालत लगिने जानकारी दिए । प्रसाईंविरुद्ध राज्यविरुद्ध र अभद्र व्यवहारको कसूरमा मुद्दा दर्ता भएको छ ।

    राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरी आजै बिहान झापा ल्याइएको थियो । भद्रपुर विमानस्थल ल्याउनुअघि प्रसाईलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको थियो । उनीसँगै पक्राउ परेका उनका अंगरक्षक दीपक खडकालाई पनि काठमाडौं ल्याइएको छ । दुवै जनाविरुद्ध राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

    चैत्र १५ गते तीनकुनेको राजावादीको प्रदर्शनस्थलबाट फरार भएका थिए । प्रहरीको टोली प्रसाईंलाई खोज्न केही दिन अगाडि भारत गएको थियो । राजावादीको प्रदर्शनमा आन्दोनकारीहरूलाई उक्साएर विध्वंशकारी घटना घटाएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा प्रहरी हिरासतमा छन् । उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधको कसुरमा मुद्दा चलाइएको छ । तीनकुनेमा राजावादीले गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको ज्यान गएको थियो भने सुरक्षाकर्मीसहित १३० बढी घाइते भएका थिए ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार