शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

तीनकुने हिंसामा मारिएका सुरेश र सविनको परिवारलाई भाटभटेनीको सहयोग

तीनकुने हिंसामा मारिएका सुरेश र सविनको परिवारलाई भाटभटेनीको सहयोग

चैत्र २६, २०८१ मंगलवार
चैत्र २६, २०८१ मंगलवार
  • तीनकुने हिंसामा मारिएका सुरेश र सविनको परिवारलाई भाटभटेनीको सहयोग

    काठमाडौंको तीनकुनेमा चैत १५ गते राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका दुई जनाको परिवारलाई भाटभटेनी सुपरमार्केट्सले नगद सहयोग गरेको छ।

    भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले मृतकका परिवारलाई भेट गरी आज मंगलबार चेक हस्तान्तरण गरेका हुन्। तीनकुने हिंसाका क्रममा काठमाडौंका दुई युवाको ज्यान गएको थियो । एभिन्युज टीभीमा कार्यरत पत्रकार सुरेश रजककी श्रीमती सुजेन रजकलाई ताहाचल निवासमा पुगेर गुरूङले पाँच लाखरुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

    min bahadur gurung.jpg

    चेक हस्तान्तरणका क्रममा गुरूङले चैत १५ दिनमा काठमाडौंमा प्रदर्शनमा उत्रिएको अराजक समूहले आफूहरुको स्टोरमा पनि क्षति पुर्‍याएको स्मरण गर्दै दुःखको यो घडीमा साथ दिन उपस्थित भएको बताएका थिए। त्यसैगरी कीर्तिपुरका सविन महर्जनको निवासमै पुगेर उनले तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। उनले सविनकी श्रीमती भविसा महर्जनलाई तीन लाखरुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

    महर्जन परिवारको आग्रहअनुसार गुरुङले मृतक सविनकी श्रीमती भविसालाई भाटभटेनीमै जागिरको प्रबन्ध गरिदिने बताएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार