शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रविन्द्र र धवललाई भेट्न दोस्रो पटक हिरासत पुगे राजेन्द्र लिङ्देन

रविन्द्र र धवललाई भेट्न दोस्रो पटक हिरासत पुगे राजेन्द्र लिङ्देन

चैत्र १९, २०८१ मंगलवार
चैत्र १९, २०८१ मंगलवार
  • रविन्द्र र धवललाई भेट्न दोस्रो पटक हिरासत पुगे राजेन्द्र लिङ्देन

    प्रहरी हिरासतमा रहेका राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणासँग अध्यक्ष राजेन्द्र लिङ्देनले दोस्रो पटक भेटेका छन् । 

    गत शुक्रबार (१५ चैत) काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका उनीहरूलाई लिङ्देनले यसअघि पनि एक पटक भेट गरेका थिए ।

    शनिबार साँझ हिरासतमै पुगेर मिश्र र राणासँग भेट गरेका लिङ्देन मंगलबार पुनः उनीहरूलाई भेट्न पुगेका हुन्। जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतका अनुसार मंगलबार दिउँसो ३ बजेतिर लिङ्देन धवल र रवीन्द्रलाई भेट्न पुगेका थिए ।

    लिङ्देनले उनीहरूलाई हिरासत कक्षमै पुगेर भेट गरेका थिए । मंगलबार बिहान १० बजे राप्रपाकै सांसद ज्ञानेन्द्र शाही पनि उनीहरूलाई भेट्न पुगेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार