शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

राजावादी समर्थकहरुले गरे तीनकुनेमा व्यापारिक भवनमा आगजनी

राजावादी समर्थकहरुले गरे तीनकुनेमा व्यापारिक भवनमा आगजनी

चैत्र १५, २०८१ शुक्रवार
चैत्र १५, २०८१ शुक्रवार
  • राजावादी समर्थकहरुले गरे तीनकुनेमा व्यापारिक भवनमा आगजनी

    राजावादी प्रदर्शनकारीले काठमाडौंको तीनकुनेस्थित व्यापारिक भवनहरू तोडफोड र आगजनी गरेका छन् । उनीहरूले व्यापारिक भवनको सीसाको झ्याल ढुंगामुढा गरेर तोडफोड गरेका हुन् ।

    तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शनमा अवस्था तनावग्रस्त बनेको छ । अहिले त्यहाँ प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको छ । त्यहाँ समर्थकहरूले तीन व्यक्तिका घर पनि तोडफोड गरेका हुन् । व्यक्तिका घरबाट प्रहरीले अश्रुग्यास प्रहार गरेको भन्दै उनीहरूले ढुंगा र इँटा हानेका हुन् । प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरिरहेको छ।

    आन्दोलनकारीले गरेको ढुंगा प्रहारबाट व्यक्तिको घरको सिसा पूर्णरुपमा क्षति भएको छ । तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि अवस्था तनावग्रस्त भएको हो । प्रदर्शनका लागि तोकिएको घेरा तोड्न प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा समेत प्रहार गरेका छन् ।

    प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले व्यवसायीलाई दुर्गा प्रसाईंलाई आन्दोलनमा जनपरिचालनको जिम्मा दिएको छ । उक्त आन्दोलनमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको समेत साथ रहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार