शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

ललितपुरको बुढीदेवी सामुदायिक वनमा भीषण डढेलो, बस्तीमा पस्ने जोखिम

ललितपुरको बुढीदेवी सामुदायिक वनमा भीषण डढेलो, बस्तीमा पस्ने जोखिम

चैत्र १३, २०८१ बुधवार
चैत्र १३, २०८१ बुधवार
  • ललितपुरको बुढीदेवी सामुदायिक वनमा भीषण डढेलो, बस्तीमा पस्ने जोखिम

    ललितपुरको वागमती गाउँपालिका–४, स्थित बुढीदेवी सामुदायिक वनमा भीषण डढेलो लागेको छ। मंगलबार साँझदेखि सुरु भएको डढेलो अझै नियन्त्रण बाहिर रहेको वागमती गाउँपालिका–४ का वडाध्यक्ष रामकुमार लामाले जानकारी दिए ।

    उनका अनुसार, डढेलो बस्ती पस्ने जोखिम छ । समयमै डढेलो नियन्त्रणमा ल्याउन नसक्दा अन्यत्र सरेको हो। डढलो बस्तीमा पस्ने जोखिम बढेपछि वडाले सूचना नै जारी गरेर आगो निभाउने काममा सहयोग गर्न आह्वान गरेको छ। वडाध्यक्ष लामाले सामुदायिक वनमा लागेको आगो बस्ती पस्ने जोखिम रहेकोले स्थानीयलाई सचेत रहन समेत आग्रह गरेका छन् ।

    ‘अहिले हामी आगो निभ्याउन व्यस्त छौं । आगो बस्ती पस्ने जोखिम भएकोले यतिखेर धेरै कुरा गर्न सक्ने अवस्था छैन,’ वडाध्यक्ष लामाले भने । प्युटारका स्थानीय लालबहादुर भोम्जन सामुदायिक वनसँगै सटेको बस्ती जोखिममा रहेको बताउँछन् । स्थानीयको सक्रियतामा वनको डढेलो बस्ती आउन नदिनका लागि पातपतिङ्गर फालेर ‘फायर लाइन’ बनाउने काम भइरहेको उनले बताए।

    प्युटारको गढी भञ्ज्याङ र चौकीटोल क्षेत्रमा बढी जोखिम भएकोले सजगता अपनाइएको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले बताए । उनले भने, ‘वनमा लागेको डढेलो बस्तीमा आउन नदिन सजगता अपनाइएको छ। वडाबाट सर्वसाधारणलाई सचेत रहन र आगो निभाउनका लागि आह्वान गरिएको छ । जनप्रतिनिधि लगायत स्थानीय आगो निभाउने कार्यमा खटिएका छन् ।’

    piutar.png

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार