शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मेयर बालेनको चुनौतीः गलत भए मलाई जेल हाल (पूर्णपाठसहित)

मेयर बालेनको चुनौतीः गलत भए मलाई जेल हाल (पूर्णपाठसहित)

चैत्र १२, २०८१ मंगलवार
चैत्र १२, २०८१ मंगलवार
  • मेयर बालेनको चुनौतीः गलत भए मलाई जेल हाल (पूर्णपाठसहित)

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफू गतल भए जेल हाल्न चुनौती दिएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

    ‘यति धेरै कानुन मिच्ने, भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुरा चाहिँ भाषणमा सुन्नुपर्ने । माथिको कुरा गलत भए मलाई जेल हाल’, मंगलबार (चैत १२) बिहान उनले फेसबुकमा लेखेका छन् । अवैधानिक रूपमा काठमाडौं टावरको नक्सापास गरेको भन्दै गुरागाईंलाई मेयर बालेनले निलम्बन गरेका थिए ।

    गुरागाईंमाथि छानबिन गर्न ०८१ पुस १४ गते महानगर प्रमुखस्तरीय निर्णय गरिएको थियो । सोहीअनुसार पुस १६ गते कानुनी सल्लाहकार शेखरप्रसाद पौडेलको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो । १५ दिनभित्र ठोस सुझाव सिफारिस गर्दै प्रतिवेदन बुझाउन समितिलाई हदम्याद तोकिएको थियो । तर, पौडेलले कानुनी सल्लाहकारबाटै राजीनामा दिएपछि गुरागाईंमाथिको छानबिन समितिको औचित्य सकिएको थियो । त्यसपछि पुनः बालेनका सल्लाहकार एवं नेपाल सरकारका पूर्वसचिव शंकर पाण्डेको संयोजकत्वमा अर्को छानबिन समिति गठन गरिएको थियो ।

    छानबिन समितिलाई एक महिनाको समयावधि तोकिएको थियो । तर, समितिलाई तोकिएको कार्यजिम्मेवारी (टीओआर) पूरा गर्न समय अपुग भयो । त्यसपछि एकपटक १० दिनको समय थपियो । त्यो अवधिमा पनि समितिले प्रतिवेदन बुझाउन नसकेर थप समय माग्यो । थप समय दिन बालेन असहमत भए । त्यसपछि बालेनले तीन विभागीय प्रमुखलाई आफूअनुकूलको प्रतिवेदन तयार पार्न लगाएका थिए । त्यही प्रतिवेदन मंगलबार सार्वजनिक गरेका हुन् ।

    हेर्नुस् प्रतिवेदनको पूर्णपाठ

    undefinedundefinedundefinedundefinedundefinedundefined

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार